१० बेडको क्वारेन्डईन र ५ बेडको आइस्योलेसन वार्ड सोताङ गाउँपालिकाले बनायो ,

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले अप्ठ्यारो परिस्थितिमा गाउँबासीहरुलाइ सहयोग गर्ने उदेश्यको साथ राहत कोष स्थापना गर्ने भएको छ। कोरोना भाइरसका कारण उत्पन्न परिष्थिती लम्बिंदै गएको खण्डमा न्यून आय भएका बिपन्न परिवारको जीवनयापनमा सहजता उपलब्ध गराउनका लागि कोष स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष वीर बहादुर राइले बताएका छन।

तत्काल राहत बितरणको आवश्यकता नदेखिए पनि पुर्ब तयारी आवश्यक देखिएकाले सबै गाउँ पालिका सदस्यको एक महिना बराबरको सेवा सुबिधा सो कोषमा जम्मा गर्न लागिएको जानकारी उनले दिए।कोरोना भाइरसको जोखिम यथावत रहे लकडाउनको समय बढ्न सक्ने आशंका व्यक्त गर्दै अध्यक्ष राइले भने-त्यो अवस्थाका लागि हामीले पुर्ब तयारी सुरु गरेका बताए ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19)को जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गर्नुअघि नै सोताङ गाउँपालिकाले चैत ६ गते नै भीडभाड हुने स्थान र साप्ताहिक बजार बन्द गरेको स्मरण गर्दै अध्यक्ष राइले आफू संधै गाउँपालिकाबासीहरुको सुरक्षाप्रति सचेत रहेको बताए। उनले भने- हामीले कोरानाका कारण उत्पन्न हुनसक्ने खतरातर्फ सचेत रंहदै बीरेन्द्र ज्योति माबिको हिमालय छात्रबासमा १० बेडको क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्र नजिकै टेण्ट टांगेर ५ बेडको आइसुलेसन वार्ड बनाएका छौं।तर हाम्रो कामना छ,-ती बेडमा हाम्रो गाउँपालिकाबासी कोहि पनि बस्नु नपरोस् ।

एक महिना यता वैदेशिक रोजगारीमा गएका कोहिपनि सोताङबासी गाउंपालिका प्रबेश नगरेको जानकारी समेत अध्यक्ष राइले दिए।कोरोना भाइरस,त्यसका लक्षण र जोगिने उपायबारे जनचेतना जगाउन हरेक वडा र टोल-टोलमा पुगेर पालिकाको स्वास्थ्य शाखाले माइकिङ गर्ने र सिटामोल बितरण गर्ने काम भैरहेको बताउंदै राइले त्यसलाई निरन्तरता दिइने बताए। गाउँपालिकाले बार बार ताकेता गरेपनि आवश्यक मेडिकल उपकरणहरु प्राप्त हुन नसकेको गुनासो गर्दै राईले एकदुइ दिनभित्रै ती उपकरणहरु आइपुग्ने र आफुले सक्दो पहल गरेको बताए।५-६ वटा थर्मोमिटर, १०-१२ थान पीपीइ र ५०-६० वटा m/95 माक्स तत्काल हामीलाई आवस्यक भएको राईले बताए ।