
✍जीवन खत्री, सउल जेठ-२१
दक्षिण कोरियाको जनसंख्या क्रमिक रुपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्यांकअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेको सनासंख्या मे को अन्तिम सम्म आइपुग्दा ५१.८४१ मिलियनमा झरेको छ ।
मृत्यु दर्ता, जन्म दर्ता तथा बसाइसराइ लाई आधार मानि सार्वजनिक गरिएको उक्त तथ्यांकमा १० हजार ५६ले घटेको हो । उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुरीमा २ हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ ।
कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसंख्या केही घटेको थियो भने १ दशक यता भने निरन्तर बढ्दो क्रममा थियो ।
तथ्याङ्कका अनुसार जनसंख्या घट्नुको कारण कोरोनाको कारण भने न्यून बिन्दुमा देखिएको छ । कोरोना भाईरस संङक्रमणका कारण कोरियामा २७१ जनाको मात्र मृत्यु भएको छ ।