८ लाख नगद र लागुऔषधसहित मनहरीबाट पाँचजना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट लागुऔषध र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।
बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले दिएको जानकारी अनुसार प्रहरीले पालिकाको वडा नम्बर ६ नयाँ बस्तीबाट लागूऔषध र आठ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको हो।
प्रहरीले जिल्लाको कैलाश गाउँपालिका– ८ का ३१ बर्षीय बिकास मोक्तान, ३५ बर्षीय रामबहादुर स्याङबो, मनहरी– ४ रमनटारका ३० बर्षीय रामचन्द्र गोले र २० बर्षीय दालबहादुर मोक्तान तथा पर्साको ठोरी गाउँपालिका– ८ का ३२ बर्षीय जितबहादुर चापागाईलाई नियन्त्रणमा लिएको छ।
नयाँ बस्तीस्थित भित्री कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बसिरहेका उनीहरुलाई ६०२ बोतल कोडिन फस्फेट, २० ग्राम चरेस र नगद ८ लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।