
✍️हाम्रो आवाज न्यूज ।चर्चित गायिका आभा मुकारुंगको “झिलमिल झिलमिल तारा थियो” गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएकोछ ।बिगत केही बर्ष देखी अमेरिकामा बसोबास गरिरहेका गायिका मुकारुंगको केही समयको ग्याप पछी यस गीत सार्वजानिक गरेकी हुन ।
यस गीतमा शब्द नरदेवी राईको ,संगीत हेमन्त चेम्जोंग,स्वर आभा मुकारुंग राई र हेमन्त चेम्जोंगको हो । गीतको एरेन्ज बिश्व अधिकारीको गरेका हुन ।स्टुडियो ओपलमा रेकर्ड गरिएको गीतको रेकर्ड, मिक्सिंग,मास्टरिंग बिप्लव अधिकारीले गरेका छन ।
गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र सुनिशा बजगाईको अभिनय हेर्न सकिन्छ भने गीतको छायाकंन भुपेन्द्र तुम्हाम्फेले गरेका हुन । भिडियो संपादन अनिल राणाको र नित्य निर्देशन सुबोल थापाको साथै गीतको भिडियो निर्देसन किरण चाम्लिगं राईले गरेका छन ।गीतको भिडियो गायिका आभा मुकारुंगको अफिसियल यूटुब च्यानलबाट सार्वजनिक गरिएकोछ ।
भिडियो लिकं यहाँ