काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्चामरयुक्त जिल्लाको रूपमा विकास गरिने बताएकी छिन् ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत सञ्चा र तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा सदस्यहरूले राखेको जिज्ञासाको सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् । देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्यााउन आवश्यक पूर्वाधारहरू थप गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै) उनले सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न मन्त्रालय अग्रसर भएको बताईन् । प्रमुख लोकमार्गमा गुणस्तरीय दुरसञ्चार सेवा विस्तार गर्ने कार्यक्रम पनि प्राथमिकताका साथ अघि बढाइएको मन्त्री शर्माले जानकारी दिईन् ।
सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सवै स्थानीय तहका केन्द्रमा पुगेको जानकारी गराउँदै उनले सब वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्यााउने लक्ष्य लिइएको मन्त्री शर्माले बताईन् । ४ हजार ३ सय ९० स्वास्थ्य केन्द्र र ५ हजार ३ सय १८ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडव्याण्ड इन्टरनेट जडान कार्य सम्पन्नक उल्लेख गर्दै उहाँले नेपाल दुरसञ्चार प्राधिकरणमार्फत आगामी आर्थिक वर्षमा ब्रोडव्याण्ड इन्टरनेट सबै सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा विस्तार गर्ने कार्य प्रारम्भ गरिएको बताईन् ।
‘नवीनतम प्रविधिको उच्चतम प्रयोग गर्दै देशभर गुणस्तरीय दूरसञ्चाार सेवा प्रदान गर्न सेवा प्रदायकहरूलाई प्रोत्साहन गरिएको छ । नेपाल दूरसञ्चारर कम्पनी लिमिटेडलाई फाइभजी परीक्षणको अनुमति प्रदान गरिएको छ । आगामी आ।व।मा व्यवसायिक रूपमा यसको सेवालाई विस्तार गर्दै लगिनेछ’– मन्त्री शर्माले भनिन् । देशभर हाल २४२ वटा टेलिभिजन, ९२८ वटा एफ एम रेडियो, ७ हजार ९ सय ७९ पत्रपत्रिका र ३ हजार ९ सय ९० अनलाइन पत्रपत्रिका दर्ता भै सञ्चालनमा रहेको जानकारी गराउँदै उनले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।