मकाउ - कोरोना भाइरसका कारण विश्वमा संकट निम्ति रहेको छ। मकाउबाट पनि कोरोना संकटका कारण मकाउमा स्वास्थ्यका छाडेका, सम्झौता सकिएका ६३ जना नेपाली आज मंगलवार हङकङ हुँदै नेपाल फर्केका छन्।
कोरोना महामारीका कारण चीनको विशेष प्रशासनिक क्षेत्र मकाउबाट नेपालीहरू फर्केको यो तेस्रो पटक हो। यसअघि पहिलो पटक ६३ जना, दोस्रो पटक ३० जना र आज ६३ जना नेपाली स्वदेश फर्केका हुन्।
गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङका अनुसार मंगलवार स्थानीय समय ७:३० बजे मकाउको अध्यागमन विभाग पार गरी बस चढेर एक धण्टाको लामो यात्रा तय गरेर हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुदै आज पाच महिला सहित ६३ जना नेपाली हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै स्थानीय समय दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंका लागि उडेका हुन्।
मकाउबाट ‘६३ जना सबैका लागि नेपाली महावाणिज्य दूतावासले बिहानै मकाउको अध्यागमन कार्यालय खोल्न आग्रह गर्नेदेखि हङकङको अध्यगमन विभागमा भिजा र बसको व्यवस्था समेत मिलाएको’, मकाउ स्थिति संधका अध्यक्ष गुरुङले हाम्रो आवाजसंगको कुराकानीमा जानकारी दिएका हुन्।