गायक तेज थिङ्गको “आखेले भन्छ, हेर नाती" म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
आईते तामाङ/सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका उदयमान लोकप्रिय सेलो गायक तेज थिङ्गको अर्को नयाँ सांगीतिक कोसेली “आखेले भन्छ हेर नाती” सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा चर्चित गीतकार बिजय पाख्रीनको शब्द तथा प्रकाश तमाङ्ग (तितुङ्ग) को संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोलाई राजेश आले मगरको निर्देशन र नरेश ऐयरले छायांकन गरेका हुन् भने रोनित बिशुन्खेले सम्पादन गरेका हुन् । दिप स्टुडियोमा रेकर्डिङ्ग सम्पन्न गरिएको यस गीतमा पोस्ट प्रोडक्सन बि गोर्खाली ईन्तरटेन्मेन्टले सम्भालेका छन ।
गायक तामाङ्गको उक्त गीतको म्युजिक भिडियोमा याङकी दोङ तामाङ्ग, अभिषेक लामा, विशाल लामा र अनु बुढाथोकीको दमदार अभिनय हेर्न पाईन्छ । “आखेले भन्छ हेर नाती” गीतको अडियो र भिडियो पक्ष सबल र राम्रो बनेको पाईएको छ ।
यस म्युजिक भिडियोले दर्शकहरुको मन जित्न सफल हुनेछ भन्नेमा निर्माण पक्ष बिस्वस्त रहेका छन। उक्त म्युजिक भिडियोलाई संगीतकार प्रकाश तामाङ्ग तितुङ्ग नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियो यहाँ हेर्नुस्