संगीतकार महेश ज्ञवालीको ‘आमा’ सार्वजनिक (भिडियो सहित)

भरत विशी/काठमाडौं - लोक प्रिय गायक रुपक डोटेलको आवाज, सिशन सिंह र सरिता राजोपाध्यायको अभिनयमा ‘आमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा संजय बिक्रम शाहको शब्द, चर्चित युवा संगीतकार महेश ज्ञवालीको संगीत रहेको छ । सार्वजनिक  गीतमा सर्वप्रिय गायक रुपक डोटेलको आवाज रहेको छ। ए लेवल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ / मास्टरिङ र संजय हमालले संगीत संयोजन गरेका हुन्।

साशन कंडेलको कथा/निर्देशन रहेको सार्वजनिक म्युजिक भिडियोमा सिशन सिंह र सरिता राजोपाध्यायको अभिनय रहेको छ। दीपक गिरी र राज पोखरेलले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन र कलर गरेका हुन् । ‘आमा’ म्यूजिक भिडियो एमएनएस म्युजिक अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुस्