
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले जारी आइपीएलमा दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा बैंग्लोरले दिल्ली क्यापीटल्सलाई २३ रनले पराजित गरेको छ । दिल्लीको यो लगातार पाँचौ हार हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंग्लोरले निधारित ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । बैंग्लोरका लागि विराट कोहलीले अर्धसतकीय पारी खेले । उनले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतले ५० रन बनाएका थिए । त्यस्तै कप्तान फाप डु प्लेसिसले २२ रन जोड्दा कहिपाल लामोरले २६, ग्लेन म्याक्सवेलले २४ रनको योगदान दिए । शाहबाज अहम्मेद २० र अनुज लावत १५ रनमा अविजित रहे ।
दिल्लीका लागि कुलदिप यादव र मिचेल मार्सले दुई दुई विकेट लिँदा ललित यादव र अक्षर पटेलले एक एक विकेट लिए । बैंग्लोरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले नौ विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो । उसका पाँच खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके ।
ल्लीका मनिष पाण्डेले अर्धसतक बनाए पनि हार टार्न सकेनन् । उनले ३८ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । कप्तान डेभिड वार्नरले १९, अक्षर पटेलले २१ अमन हाकिम खानले १८ रनको योगदान गरे । त्यस्तै एन्रिक नोट्र्जे२३ रनमा र कुलदिप यादव ७ रनमा अविजित रहे । दिल्लीका पृथ्वी श र मिचेल मार्सले खाता नै खोल्न सकेनन् ।
दिल्लीलाई रोक्न बैंग्लोरका विजय कुमार भ्यासकले तीन, मोहम्मद सिराजले दुई तथा हर्शल पटेल, वान्निदु हरशरंगा डि सिल्भा र वायन पार्नेलले एक एक विकेट लिए ।