
नेपाल बहुजाती बहु-भाषिक, बहु-धार्मिक र बहु-साँस्कृति भएको देश हो, यो कुरा सर्ब स्विकार्य छ। माथिका अनुसार यसको शासकिय स्वरुप सह-अस्तित्व सहितको समानुपातिक तथा समाबेसीताको सिद्धान्तमा आधारित हुनु पर्ने हो तर त्यसो किन भएन भन्ने कुरा चाहिँ अहिलेको मुख्य प्रश्न हो। यसको लागि साबिकको सत्ता र उस्को ईतिहास लाई दार्सनिक आँखाले हेर्न र बुझ्न जरुरि छ। सबै भन्दा पहिले सत्ता भनेको के हो त ?
सत्ता भनेको दर्शन हो। दर्शन भनेको देख्नु, बुझ्नु र थाहा पाउनु पनि हो र अर्को अर्थमा भन्ने हो भने वास्तविक सत्ता नै दर्शन हो। तसर्थ हाम्रो देशमा कुन दर्शन स्थापित छ त भन्ने सवालमा हिन्दु धार्मिक दर्शन स्थापित छ। र यसको चरित्र कस्तो छ भन्ने सवालमा यो पुरै पुरातन, सामन्ती तथा रुढीबादी, नश्लबादी, बर्णभेदी र अरुको अस्तित्वलाई नस्विकार्ने चरित्र छ, जो हाम्रो देशको राज्यसत्ताको अहिलेको खास चरित्र हो, जो हिन्दु सामाजिक सत्ताको बल्लियो जगमा उभिएको छ।
हिजो हामिहरुले मुन्धुम भनेको दर्शन हो यस्लाई लाई दर्शनको रुपमा स्थापित गर्नु पर्छ भन्दा बेवास्ता, खिस्सी टिउरी गर्ने सास्त्रीय चिन्तनबाट ग्रसित केही मुन्धुमको बारेमा खोज अनुसन्धान गरि मुन्धुम लाई धर्मशास्त्र हो भन्ने अग्रजहरुले अहिले मुन्धुम दर्शन हो भनेर स्वीकार गरिरहेका छ्न ।
जसको ईतिहाँस लाई हेर्ने हो भने यो दर्शनले सम्पुर्ण शाही शासन ब्याबस्था, राणा शासन हुँदै अहिलेसम्म यो दर्शनले एकतर्फी र निर्मम ढंङ्गले अरु दर्शन र संस्कृतिहरु माथी शासन सत्ता चलाई रहेको छ, जस्को संरक्षक तथा सन्चालक ब्राह्मणहरु हुन जस्लाई ब्राह्मणहरुले चलाई रहेका छ्न जुन दर्शनलाई अर्को शब्दमा भन्नू पर्दा ब्राह्मणबाद हो। हिन्दु दर्शनले ककस्लाई मर्कामा पारेको छ त ? हिन्दु दर्शनले सामाजिक जिवनमा सबै भन्दा बढी कथित दलित जातीहरुलाई मर्कामा पारेको छ।
सेवक, पालक, पोशक र ब्राह्मणहरुको संरक्षकको जिम्मेवारी दिईएको क्षेत्री जातीहरु सबै भन्दा चरम शोषणमा पारेका छन। त्यस पछि महिलाहरुलाई चरम शोषण र उत्पिडनमा पारेको छ अनि अकर्मण्यताको पेरिफेरि र भ्रममा तीन करोड नेपालीलाई बाँच्न बाध्य बनाएको छ। दुनिया बिज्ञान र प्रबिधिको रंङ्गिन दुनियामा पुगिसक्दा यहाँ अँध्यारो कुनामा घण्टी भजाएर बस्न बिबस बनायो देशलाई हजारौ बर्ष पछाडी पार्यो भने त्यो भन्दा पनि धेरै मर्का अन्य निक्कै राम्रा दर्शनको अनुयायीहरुलाई परेको छ।
जसले देश र समाजलाई निक्कै चाँडो आधुनिक युगमा पुग्न मद्धत पुर्याउथियो जस्तै मुन्धुम, मुन्धुम दर्शन यत्ती बैज्ञानिक छ कि जसले न जात, न धर्म, न सानो, न ठूलो कसैलाई भेदभाब गर्दैन जसलाई पुरै निषेध गर्यो तर त्यसमा हाम्रै पनि कतिपय ठाउमा कम्जोरीहरु रहे जबर्जस्त मुन्धुम लाई धर्मसास्त्रको रुपमा मात्र हेरियो बुझियो र स्थापित गर्न खोजियो त्यस्लाई कहिले बैज्ञानिक दृष्टिले हेरेर दर्शनको रुपमा स्थापित गर्न खोजिएन तर अहिले खुशिको कुरो के छ भने हिजो हामिहरुले मुन्धुम भनेको दर्शन हो यस्लाई लाई दर्शनको रुपमा स्थापित गर्नु पर्छ भन्दा बेवास्ता, खिस्सी टिउरी गर्ने सास्त्रीय चिन्तनबाट ग्रसित केही मुन्धुमको बारेमा खोज अनुसन्धान गरि मुन्धुम लाई धर्मशास्त्र हो भन्ने अग्रजहरुले अहिले मुन्धुम दर्शन हो भनेर स्वीकार गरिरहेका छ्न ।
संघियतालाई नयाँ प्रणाली भनेका छ्न तर त्यो महेन्द्रीय राज्य पुनर्सम्रचना भन्दा फरक छैन महेन्द्रले अन्चलाधिस राखेर चलाए खड्ग ओलिले सिडिओको अडरमा कथित मुख्यमन्त्री राखेर चलाउने मानसिक तयारिमा छन यो केन्द्रीकृत ब्याबस्था लाई कसरी संघात्मक ब्याबस्था भन्ने ?
यो अत्यान्तै राम्रो कुरा हो, जसले हिन्दु दर्शनले एकतर्फी रुपमा जबर्जस्त जकडीएको सामाजिक सत्ता माथी निर्मम ढंङ्गले ब्याबहारिक र सामाजिक प्रश्नहरु गर्ने छ, जस कारण सामाजिक सत्तामाथिको एकधिकार यस्ले बिस्तारै तोडि दिने छ । र, धेरै पटकको राजनिती परिबर्तन संङ्गसंङ्गै किन ती सामाजिक परिबर्तनहरु भएन त भन्ने सवालहरुमा,धेरै पटक राजनिती परिबर्तन भयो भनेर भनिए पनि खास परिबर्तन भएकै थिएन अनि कसरी परिबर्तन हुन्छ त ?
ठुलै राजनैतिक आन्दोलनहरु भए तर नेपालको सन्दर्भमा ठुला ठुला परिबर्तनका आन्दोलनहरु सबै सम्झौतामा गएर टुंङ्गिएका छन, सम्झौतामा टुंङ्गिएको आन्दोलनले केही प्राबिधिक परिबर्तनहरु गर्न सक्ला तर प्रणालिमा परिबर्तन गर्न सक्दैन त्यसैले मुख्य कुरा प्रणाली हो, साँच्चिकै परिबर्तन गर्नु छ भने नयाँ प्रणालिको बिकाश गर्नु पर्छ त्यसैले नेपालमा परिबर्तनहरु भए जस्तै राजा फाल्यो नयाँ सम्बिधान बन्यो हिन्दु सामाजिक सत्ता तथा त्यसको दर्शन जस्ताको तस्तै कायम छ किन त्यसो भयो भन्दा प्रणालिमा कुनै हेरफेर तथा परिबर्तन भएकै छैन।
संघियतालाई नयाँ प्रणाली भनेका छ्न तर त्यो महेन्द्रीय राज्य पुनर्सम्रचना भन्दा फरक छैन महेन्द्रले अन्चलाधिस राखेर चलाए खड्ग ओलिले सिडिओको अडरमा कथित मुख्यमन्त्री राखेर चलाउने मानसिक तयारिमा छन यो केन्द्रीकृत ब्याबस्था लाई कसरी संघात्मक ब्याबस्था भन्ने ? बिश्वब्यापी रुपमा संघात्मक ब्याबस्थाको लागि स्थापित मुल्य मान्यताहरु के के हुन ?
त्यो अनुसार हुनु परेन ? मानिलिउ यदि परिबर्तनलाई स्विकार गर्ने हो भने पुरानो प्रणालिमा नया तत्वको उपस्थिति पहिचान हुन सक्थियो जस्ले यो प्रणालीलाई थोरै परिबर्तन गर्न मद्धत पुर्याउथियो तर किन पहिचान लाई स्विकार गरेन ? किनकी सासक जाती पुरानो दर्शन र सामाजिक शत्ता परिबर्तन नै गर्न चाहाँदैनन। अनि पहिचानको आन्दोलन किन नाजुक हुँदै गैरहेको छ त ?भन्ने सवालमा पहिचानको आन्दोलन दुई अतिबदको चेपुवा र अन्ध राष्ट्रबादीहरुको धरापमा पर्यो :
(१) पहिचानको आन्दोलन हिन्दु अतिबादिहरुको फुटाउ र राज गर नीति तथा साम दाम दन्ड भेद दुबैको सिकारमा पर्यो।
(२) बिना दर्शन र बिचारको उग्र जातिबादी नारा र आन्दोलनमा उग्र जातिबाद हाबी भयो अन्तत उग्रबादको उत्कर्ष बिसर्जनवाद हो, आखिर त्यो भएरै छाड्यो।
(३) त्यतिनै बेला राष्ट्रीय राजनितिमा अन्धराष्ट्रबाद हाबी भयो फल स्वरुप अन्धराष्ट्रबादीहरुको नाराले पहिचानको मुद्दा लाई छाँयामा पार्यो त्यसको उपज र त्यस्को प्रतिबिम्ब हो बर्तमान सरकार र कथित कम्युनिष्ट एकता जो कट्टर पुरातनबादी चिन्तन र हिन्दु अतिबादीको नयाँ गठजोड हो र नयाँ संबिधानमा केही परिबर्तनकारी बिषयहरुलाई निषेध गरि फेरि नयाँ ढंङ्गले उहीँ पुरानो एकात्मक बादी दर्शन लाई पुनह अनुमोदन गर्नु उस्को एतिहाँसिक कार्य सन्झन्छ जुन अहिलेको सरकार फाँसिबाद तर्फ उन्मुख छ जस्ले देश लाई दिन दिनै झन द्वन्द तर्फ धकेली रहेको छ आन्तरिक राष्ट्रियतालाई कम्जोर बनाई रहेको छ जस्ले उस्को चरित्र लाई आफै पुष्टि गरिरहेको छ।
अहिले दुनियामा लँडाई भैरहेको छ भने त्यो आफ्नो अस्तित्वको लागि भै रहेको छ अफ्नो अस्तित्व भनेको नै आफ्नो पहिचान हो संस्कृति हो धर्म हो आफ्नो सभ्यता आफ्नो अस्तित्व र थाकथलो हो त्यसैको लागि अहिले दुनियामा सबै भन्दा धेरै बलिदानी भैरहेको छ।
त्यसैले सबै कुरो जातिबादी कोणबाट एकांङकि ढंङ्गले मात्र हेर्नू हुन्न नश्ल बादको बिकल्प नश्लबाद हुँदै हुँदैन जातिबादको बिकल्प जातिबाद हुँदै हुँदैन किनकि हामिले हिटलरको चरित्र अध्यान गरि त्यहाँ बाट राम्ररी पाठ सिक्नु पर्दछ, हिटलरको नाजिबादी आँखाले अल्बर्ट आईन्टाईन जस्ता महान बैज्ञानिकलाई एउटा अपराधी यहुदी नदेखेको भए सायद हिटलरको पराजय त्यस्तो सजिलो तरिकाले हुँदैन थियो कि आफ्नै देशमा आफ्नै देशको युबाले प्रतिपादन गरेको एटम बमको फर्मुला प्रयोग गर्न किन सकेनन हिटलरले ?
आईन्स्टाईनलाई लखेटे पछि त्यही आईन्स्टाईनले प्रतिपादन गरेको फर्मुलाको प्रयोग गरेर अहिले अमेरिकाले आफ्नो साम्राज्य बिष्वमा फैलाई रहेको छ त्यसैले जाती बादले फाँसिबाद निम्त्याउछ फाँसिबाद अन्धो हुन्छ त्यसैले हिटलरले देखाएको आफ्नो जातीय अस्तित्व प्रतिको लगाब बलिदानी ठिक हो अन्ध जातिबादी चिन्तन बेठिक हो, आफ्नो राष्ट्रीय सार्भभौमिकताको सवालमा हिटलर ठिक हुन तर अन्धराष्ट्रबादी हर्कत ठिक थिएन जस कारण यी दुई फाँसिबाद र अन्धराष्ट्र बादको कारणले हिटलरले जितेर पनि हारे यो कुरो लाई सबैले हेक्का राख्न जरुरी छ। के अब पहिचानको आन्दोलन र त्यस्को औचित्य सकियो त ? अहिले दुनियामा लँडाई भैरहेको छ भने त्यो आफ्नो अस्तित्वको लागि भै रहेको छ अफ्नो अस्तित्व भनेको नै आफ्नो पहिचान हो संस्कृति हो धर्म हो आफ्नो सभ्यता आफ्नो अस्तित्व र थाकथलो हो त्यसैको लागि अहिले दुनियामा सबै भन्दा धेरै बलिदानी भैरहेको छ।
त्यसकारण हामी कहाँ पनि यो आन्दोलन सकियो सिद्दियो भनेर कसैले भन्छ भने एकछिन थाकेर सुतेको बाघलाई मर्यो भने जस्तै हुन्छ। आफ्नै देशमा आफ्नो अस्तित्व कसैले नामेट गर्न खोज्छ भने आफ्नै देशमा कसैले आफ्नो सभ्यता र पहिचान नामेट गर्न खोज्छ भने आफ्नै माटोसंङ्ग कसैले आफ्नो साईनो मेटाउन खोज्छ भने साँच्चै यो युगले एउटा बैज्ञानिक बिचार र नयाँ दर्शन सहितको नयाँ हिटलर यो २१ औं सताब्दिले जरुर जन्माउने छ। जो फाँसिष्ट नाजिबादी तथा अन्धराष्ट्रबादी अन्धो हिटलर जस्तो हैन माओले सबै फुलहरुलाई फुल्न देउ भने झैं सबैको सहअस्तित्वलाई स्विकार गर्ने दुरदर्शिता र बैज्ञानिक चेत बोकेको हिटलर हुनेछ ।
त्यसैले पहिचानको आन्दोलन रोकिएको छैन सकिएको पनि छैन किनकी अन्त्तिममा एकमात्र विधि यो हो कि जस्ले मात्रै नेपालको अस्तित्व र आन्तरिक राष्ट्रियता लाई मज्बुद बनाउछ। त्यसैले अब हामीलाई खम्बुवान चाहिएको छ लिम्बुवान अनि किरात चाहिएको छ सबै लाई पहिचान सहितको संघिय राज्य चाहिएको छ जस्को लागि हामि कहाँ केन्द्रीकृत हुने त ?
(१) बिज्ञान, हामीले अब बिज्ञान र प्रबिधी लाई फलो गर्नु पर्छ किनकी संसारमा अहिले सबै भन्दा बढी शक्तिशाली यी ९२ वटा तत्वहरु र बिज्ञान बाहेक अरु केही छैन हामी यस्मा एकता र केन्द्रीकृत किन नहुने ?
(२) दर्शन, हाम्रो मुन्धुम लाई बिज्ञानसँग जोडेर दर्शनको रुपमा स्थापित गर्नु पर्छ र मुन्धुम दर्शन मान्नेहरु सम्पुर्ण एकीकृत हुनु पर्छ किनकी सबै भन्दा ठूलो शक्ति दर्शन हो र बिचार सहितको एकता हो।
(३) राजनिती, सबै जातिको आआफ्नै सभ्यता र राजनितिक ईतिहास हुन्छ जस अनुसार यो देशको सवालमा बिधिवत रुपले सामन्तबादको स्थापना गरि ३२ पुस्ता राज्य गरेको यलम्बरको सन्तान हुँ भन्नेहरु सबै भन्दा पहिले एक ठाउँ उभिनु सक्नु पर्छ कि पर्दैन ? यदि पहिचान चाहिएको छ भने बिनासर्त सबै भन्दा पहिले एक ठाउँ उभिएर मुन्धुमि दर्शन र त्यसको राजनितिक ईतिहाँसलाई स्विकार गरेर संगठित राजनितिक स्वरुप किन नदिने ?
(४) अर्थसास्त्र, हाम्रो अर्थसास्त्र पिँदबिनको आंखोरा जस्तो छ, हाम्रो मानसिक्ता लाहुरे चिन्तनले ग्रस्त छ, यहाँ घमण्डका साथ स्वाभिमानको छाती देखाउछौ अनि अलि पर गएर कौडिको भाउमा बेचिन्छौं त्यसैले गम्भीर आत्मा समिक्षा गर्दै आफ्नै ठाँउमा आत्मानिर्भर अर्थतन्त्रको बिकाश सहित चिन्तनमा परिबर्तन किन नगर्ने ?
(५) उत्पादक शक्ति, एङ्गेल्सका अनुसार कुनै पनि समाजको अर्थसास्त्र वा अर्थतन्त्र लाई हेर्नू पर्यो भने उस्को उत्पादक शक्तिलाई हेर्नू पर्छ। त्यसैले उत्पादक शक्ति यत्ती महत्वपूर्ण छ जसले हरेक कुराको परिणामको निर्धारण गर्दछ। हाम्रो उत्पादन शक्ति बिकेन्द्रीकृत छ, अनि परनिर्भरतामा आस्रित छ, हरेक बर्ष गोर्खा रेजिमेण्ट कम्पनीद्वारा बेचिन्छौ हो, त्यहीबाट हाम्रो बर्ग बिभाजनको खतर्नाक श्रीङ्खला सुरु हुन्छ, यो निक्कै महत्वपूर्ण र मनन योग्य कुरा हो कि जसले हाम्रो समुदायलाई बर्गिय चिन्तन, ब्याबहार संस्कृति र दृष्टिकोणलाई नै पुरै दुई फ्याक बनाएको छ जसले हामीलाई हदैसम्म कम्जोर बनाई रहेको छ जस्लाई मिहिन ढंङ्गले अध्यान, चिन्तन, मनन गरि अहिलेको समय सापेक्षतामा बिनासर्त आफ्नो उत्पादक शक्तिको बिकाश गर्नु पर्दछ।
(६) भाबी योजना जत्ती बल्लियो उत्कृष्ट र पारदर्सी हुन्छ त्यत्तीनै सर्बस्विकार्यता बढ्छ र उस्ले शक्ति आर्जन गर्दै ठिक ठाँउमा पुग्छ ठिक ठाउमा पुगेर उ टिक्छ उ टिक्नु नै आफ्नो नीति र योजनाको सम्योजन मिल्नु हो, त्यसैले भाबी योजना ठिक बन्नु पर्दछ र यत्ती कुराहरुमा हामिले चिन्तन मनन गर्दै दर्शन सहितको केन्द्रीकृत बैचारिक-राजनितिक, कारेक्रमहरु ! सहित नयाँ सिराबाट संङ्गठित भयौ भने हाम्रो पहिचान सहितको संघिय राज्य प्राप्त गर्ने दिन त्यत्ती टाढा छैन नत्र यहि हाम्रो पाराले त भाई फुटे गवार लुटे भन्ने उक्ति जस्तै हामी झगडा गरिरहन्छौं, अनि लुट्नेले लुटि रहन्छ्न हामी लुटिनेहरु लुटिई हरने शृङ्खला निरन्तर चलिरहन्छ चलिरहन्छ…