युएइमा आदिबासी जनजाति महासंघद्वारा २८ औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाउदै
युएइ - आदिबासी जनजाति महासंघ युएइले २८ औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ।
नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा युएइमा आयोजना हुन लागेको हो ।
यहि १४ अगस्ट २०२२ आइतबारका दिन बरदुवई स्थित क्लभ एभरेष्टमा आयोजना हुन लागेको कार्यक्रममा नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहने छन्। नेपाली आदिवासी जनजातीहरुको पुरातात्त्विक महत्वमा स्टलहरु, भेष-भूषा र सांस्कृतिक झाँकी प्रदर्शनका एवम् आदिवासी युवाहरुको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डिजिनस २०२२ प्रतियोगीता समेत राखिने जानाकारी नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजय लक्ष्मी राईले बताइन ।
प्रवासी कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए।
त्यस्तै, सोही कार्यक्रममा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकका लागि राहत, उद्धार गर्न स्थानीय प्रशासनसंग समन्वय गरी कोरोना प्रभावित नेपाली नागरिकहरुको सेवामा जुट्ने स्वय सेवकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक डम्बर लिम्बुले बताए।