
✍️बुद्धिप्रसाद लामिछाने - राजनीति के हो र के भयो ?
मूलत: राजनीति नीतिहरुको पनि नेतृत्व गर्ने नैतिक सार्वभौम नीति हो । राजनीतिले राष्ट्र र त्यसराष्ट्रमा बिद्यमान आर्थिक , सामाजिक, सांस्कृतिक, धार्मिक र भौगोलिक अवस्थाको अवस्थितिको संरक्षण र संवद्र्धन गर्न नेतृत्व गर्ने उच्चतम नीति र बिधि स्थापित गर्दछ। राजनीति मुलत: सार्बभौम हुन्छ जो नीतिहरुको राजा हो। समाजिक न्याय , आर्थिक उन्नति ,जनतामा स्थापित प्रचलित सांस्कृतिक धार्मिक मौलिक मुल्य र मान्यता, मानव सभ्यता र त्यसले स्थापना गरेको सार्बभौम नैतिक जवाफदेहिता र नैसर्गिक मानबिय अधिकार तथा आदर्शहरु ,सुनिश्चित भौगोलिक भूभागमा बस्ने नागरिका हक र हित तथा त्यस देशको भौगोलिक अखण्डता स्वाधीनता सार्वभौमसत्ता , सांप्रदायिक सद्भावना भाषिक उन्नयन जस्ता सार्वभौम नागरिक अधिकारको संरक्षण गर्ने नीतिको पनि मुलनीति राजनीति हो।
पूर्वीय दर्शनका प्रतिपादक ऋषिमुनिहरु विद्वानहरु दार्शनिकहरु र पाश्चात्य विद्वान दार्शनिकहरुले राजनीतिलाई बिभिन्न रुपमा परिभाषित र व्यख्या बिबेचना गरेतापनि वास्तबिक रुपमा लोककल्याणकारी र चराचर जगतको समुचित सुब्यबस्थापन गरि सुसंस्कृत सुसभ्य राष्ट्र परिचालनको लागि नै राजनीति शास्त्रको परिकल्पना गरिएको हो।समयलाइ कुनै मानवीय वा गैर मानवीय शक्तिले रोक्न सक्दैन उ आफ्नो गतिमा बेगवान छ। शास्वत छ।समयको यस गति सँगै राजनीतिमा अनेकौ बिचार , सिद्धान्त नीति कार्यक्रम निर्माण हुदैगए । कसैले समाजमा समन्वय ,सद्भाव र सहअस्तित्वको ''सेवहिपरमो धर्म बसुधैबकुटुम "को सन्देश दिए भने कुनैवाद र सिध्दान्तले समाजमा विद्यमान बिरोधाभासको उत्खनन् गरेर बर्गीय ,छेत्रीय ,जातिय ,न_स्लिय ,भाषिक बिद्रोहको ज्वारभाटा उत्पन्न गराउने ,निषेधको र निषेधात्मक प्रतिस्पर्धा गराएर समाजमा बहुमत र अल्पमतको बिभाजनको रेखा कोरेर बर्गीय सत्रु र बर्गीय मित्रुको रुपमा परिभाषित विभाजन गर्न थाले। बिभिन्न माध्यमबाट सांस्कृतिक, धार्मिक , लैङ्गिक र आर्थिक सामाजिक, राजनीतिक द्वन्दहरुको बिजारोपण गरियो ।" फुटाउ र शासन गर" भन्ने नीति अवलम्बन गरियो । फलत:मुल राजनीतिले तय गरेको सुन्दर शान्त सुनिस्चित समन्वय , सहअस्तित्वको सहकार्यको मार्गदर्शनबाट आदर्श राजनीति पतन हुदै पुर्तिको मार्गबाट आतंकमा परिणत भयो। मानव_मानव बिचमा अनावस्यक नकारात्मक कृत्रिम प्रतिस्पर्धा सिर्जना गरेर शैनिक र आणविक शक्ति निर्माण गरि एक अर्कालाई अस्वीकार गर्दै अर्काको अस्तित्वमा धावा बोल्ने गैरजिम्मेवार राजनीतिले सर्वसाधारण नागरिक आजित भएका छन्।
"सबै भन्दा जान्ने मै छु । सबैभन्दा ठूलो मै हुँ । म नभए यो देश यो समाज चल्दैन । सबै भन्दा राम्रो र ठीक पनि म नै हो" भन्ने अहंकारी व्यक्तिवादी सोच निर्माण गरेर देश र जनताको स्वघोषित मालिक आँफुले आँफैलाई घोषणा गरेर निजि स्वार्थको लागि राज्यशक्तिको बाँडफाँड र प्रयोग गर्ने । आँफुसँग असहमत हुनेलाइ बर्गसत्रु घोषण गरेर जीवन नै समाप्त गरिदिने आपराधिक गतिविधिले राजनीतिको परिभाषा नै बदलियो र राजनीतिलाइ कुटिल फोहोरी खेलमा परिणत बनाइयो। राजनीतिमा "साँधा जीवन उच्च बिचार" हात्तिको देखाउने दाँह्रामा परिणत गरियो।हिजो मात्र आँङ फाटेको खालि खुट्टा सडकमा हिडेको दुइछाक खान पनि धौधौ भएको सर्वहारावर्गको हु भन्ने मुसो रातारात सत्ता र शक्तिको अहंकारले देशका ठुला सहर हरुमा बिचौलियाको माझमा आलिसान महलबाट सबेरै उठेर हाइ काढदै किसानले मल पनि पाएका छैनन् ? भन्दै मार्सि भात हसुर्दै तित्राको खुट्टाले दाँत कोट्याउदै कालो सुचिको ठेकेदार, मेडिकल माफिया सँग लाखौको पलङमा आलिङ्गन अंकमाल चुम्बन गर्दै गरीब मजदुर र किसान लाइ गिज्याउछन । जनताको मतको शक्तिले राज्यसत्ता हातपारे पछि सत्तामा बसेर जनतालाइ आज भुसुनो सरह ब्यबहार गर्नेहरु हिजो एक छाक खान पनि तिनै गरीबका झुपडीमा गरीब जनताले निबेक गरेर ख्वाएर सुरक्षाप्रदत्त नेता भनिएकाहरु गरिब जनतालाइ करको भारी बोकाएर आँफु आलिसान महलबाट करोड होइन अरबौको अबैध सम्पतिको जलखेलको भिडियो सार्वजनिक भएको सुनिन्छ। आफ्ना नन्दिभृङगी सुन्डमुण्ड भेडा हनुमानहरुको चहाना नै जनचहानामा बदलेर हनुमानि सर्बसत्ताबादलाइ लोकतान्त्रिक जामा पहिर्याइयो ।
दल खोल्न पाउने र जनताका गरिब छोरा र छोरीहरुलाइ भेडाबनाए एउटा नेताको स्वार्थकोलागि बलिको बेदिमा होम्ने र मुख्य नेताले जे गरे पनि ठीक हो भन्ने तन्त्र लोकतन्त्र प्रजातन्त्र केही पनि होइन । यो त नितान्त एकल नेतातन्त्र देश खाने र मुख्य नेताको परिवार मोटाउने मन्त्र हो। राजनैतिक नेता जनताको साथि र सारथी हुनुपर्नेमा तस्करी कमिसनखोर र बिचौलियाको मतियार भए । हत्यारा ज्यानमारा अपराधीको संरक्षक र आफ्नो देशको बिरुद्ध बिदेशीको गोटि प्यादा बने। त्यसैले जनताले राजनीतिलाई फोहोरी खेलको रूपमा परिभाषित गर्न थाले। राजनीति गर्ने ब्यक्तिलाई जनताले आफ्नो सहयोगी साथिको रुपमा होइन फटाहा बिचौलियाको रुपमा चित्रण गर्न थाले । मुल राजनैतिक नेतृत्वका कारणले राजनीति नै अपमानित हुदैछ। जुन चिन्ताको विषय हो। नेपालको राजनीतिमा यो प्रबृति पुर्णरुपमा हानि भएको छ।
हरे! लोकतन्त्र हरे ! संघीयता हरे ! घर्मनिरपेछेता हरे !! लोकतान्त्रिक गणतन्त्र !!
यहि दिन देख्नुको लागि , यस्तै कुशासन भोग्नको लागि नेपाली जनताले आफूलाई परिवर्तनको बहाक बनाएका होइनन। नेपली जनतालाइ पुरापुर धोका भयो । खबरदार ! अहंकारी धोकेवाज नेताहरु ।
अहंकार ,दम्भ ,लोभ ,पाप र घोकाको दलदलमा फसेको फोहोरी राजनीतिलाइ सफागरी आदर्श मुल्य मर्यादा र नैतिकतामा पदार्पण गराउनु युवावर्गको दायित्व हो जुन कुरा स्वयम् युवा र समस्त प्राणि जगतको हितमा छ ।
समय कालक्रसँगै मानव सभ्यता संस्कृति र परम्परा चालचलनमा अनेकौ उतार चढाव आए पनि आज बिज्ञानर प्रबिधि तथा संचार जगमा आएको अभूतपूर्बक artificial intalectual क्रान्तिले मानव जातिलाई सानो एउटा कोठाको आँखि झ्यालबाट बिश्वब्रह्माण्ठ चियाउने स्तरमा उठए पनि अहंकार र दम्भले मानिस भष्मासुर भएको छ । मानिसको विश्व कब्जा गर्ने राजनीतिक अहंकार र दम्भले निर्माण गरेको आणविक अस्त्रले सम्पुर्ण प्राणि र बनस्पति जगतलाइ एक निमेशमा ध्वस्त परि खरानि बनाइ दिन्छ ।''बिनासकाले बिपरित बुद्धि''। मानिस आज आँफैले खनेको उन्माद र अहंकारको फोहोरको खाल्टोमा खसेको स्याल भएको छ। हे ! भगवान यो बिश्वब्रम्हाण्डमा तिमी छौ भने मानिसको अहंकार , दम्भ ,लोभ र छलकपट सबै मृतु अगाडि नै नष्ट गरिदेऊ प्रभु । कोटिकोटि साष्टङगदण्डवत प्रभु !
✍️ बुद्धिप्रसाद लामिछाने
गोरखा घैरुङ बतासे नेपाल
हाल कोलोराडो अमेरिका ब्रुमफिल्ड ।