अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा आउन एक हप्ता लाग्ने हाल सम्म जो बाइडन अगाडी ।

हाम्रो आवाज न्युज डटकम- यतिबेला विश्वको ध्यान तानिरहेको अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा आउन सुरु भएको छ । कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको छ । हालसम्मको नतिजामा जो बाइडनले बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।
यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन ।अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ।
मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने एक हप्ता लाग्नेछ ।