
श्रोत-सिएनएन । राष्ट्रपति जो बाइडेनले कोभिड राहत सहयोगको लागि राखेको १.९ खर्ब डलरको कोभिड राहत सहयोग सिनेटमा पारित भएको छ । आज बिहान शुक्रबार करिव २ बजे धेरै संघर्ष पछि पारित हुन् सफल भएको छ ।उक्त कोभिड राहत सहायता तल्लो सदनले पारित गरि माथिल्लो सदनमा पठाएको थियो । हाल सिनेटमा रिपब्लिकन र डेमोक्र्याट दलको ५०-५० सिट (स्थान)भएकोले निर्णायक मत उपराष्ट्रपति कमला ह्यारिसले प्रयोग गर्दै सिनेटमा पारित भएको हो ।
रिपब्लिकनले उक्त १.९ खर्ब डलरको कोभिड राहतलाई संसोधन गर्दै राष्ट्रपति बाइडेनलाई भेटी प्रस्ताव राखेका थिए । अब यो बिधेयक पारित भए पछि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ ।यो पारित संगै बाइडेनले अमेरिकी जनतालाई अप्ठ्यारो र कठिन आर्थिक स्थितिबाट गुज्रिएकाहरुका लागि कूल २ हजार डलर दिने घोषणा गरेका थिए । त्यस मध्ये ६ सय डलर अमेरिकी जनताको खातामा अगाडी नै जम्मा भै सकेकोले बाकि १४ सय डलर अब पठाइने छ ।