अमेरिकाले नेपालीहरुलाई दिदै आएको टिपिएस यही अगस्ट ५ बाट खारेज गर्ने भएकोछ।
✍️हाम्रो आवाज न्यूज।अमेरिकी गृह सुरक्षा विभाग (डिएसएस) ले नेपालका लागि दिँदै आएको अस्थायी सुरक्षा टिपिएस २०२५ अगस्त ५ बाट औपचारिक रूपमा खारेज गरेकोछ।
गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले अन्तरसंस्थागत परामर्श र नेपालका वर्तमान अवस्था मूल्याङ्कन गरेपछि नेपालमा अब टिपिएस प्रदान गर्नुपर्ने कानुनी आधार नरहेको निष्कर्षमा पुगेको बताईन ।
यस निर्णयले हाल टिपिएस अन्तर्गत अमेरिका बसिरहेका लगभग सात हजार नेपालीहरूलाई स्वदेश फर्किन वा वैकल्पिक कानुनी बाटो खोज्न बाध्य पार्नेछ।
डिएचएसले अमेरिका छोड्न चाहनेहरूका लागि सिविपि वान नामक अनुप्रयोग(एप)प्रयोग गर्न सकिने जनाएको छ, जसबाट प्रस्थान प्रक्रिया सहज बनाउन सकिन्छ। आप्रवासीहरू गहिरो संकटमा परेका छन्, जसले रोजगारी, शिक्षा, जीवन र भविष्य सबैमा असर पार्न सक्नेछ।