
श्रोत :सिएनएन । अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई कंग्रेसमा प्रमाणित गर्ने बिरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रहरी घेरा तोडेर भित्र पसे पछि वाशिंगटन डिसी निकै तनावग्रस्त बन्यो ।
कुनै पनि अप्रिय घटना र दुर्घटना नहोस भन्नको लागि सुरक्षा व्यवस्था ज्यादै कडा गरिएको भएता पनि उपद्रव र झडप भएको छ । ट्रम्पले कंग्रेसमा जो बाइडेनलाई अनुमोदन गर्नु अगाडी ११ बजे बिहान सम्बोधन गरेका थिए ।
उनले आफ्ना समर्थकलाई क्रुर र क्रोधित हुनु भन्ने सन्देश सामाजिक संजालमा राखे पछि उनका समर्थकमा हौसला भएको हो । यसै सिलसिलामा त्यहा पुगेका दङ्गाफसादीले या कसैले एक महिलालाई गोली चलाउदा उनको मृत्यु भएको खबर छ ।
उक्त जानकारी महानगर प्रहरी बिभागका प्रवक्ताले उनको दिउसो निधन भएको बताए। उक्त महिलाको क्यापिटल(संसद)भवन भित्र नै निधन भएको उल्लेख गरे । यो अनुसन्धानको बिषय भएकोले अन्य बिस्तृत जानकारी पछि आउने बताईएको छ ।
डिसीकी महानगर पालिकाकी प्रमुखले पनि घर मै बस्न आग्रह गरेकी थिइन् भने उक्त भेलामा कुनै पनि हातहतियार नल्याउन समेत आग्रह गरिएको थियो ।