फेरी कोभिड राहत १४ सय डलर पाउने भए अमेरिकी जनताले ।
श्रोत- सिएनएन । अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले १.९ खर्ब डलरको कोभिड राहत सहयोग बिधेयक पारित गरेको छ । प्रतिनिधि सभाले शनिबार बिहान राष्ट्रपति जो बाइडेनको प्रस्ताव गरेको १.९ खर्ब डलरको महामारी सहायता संपुष्टिलाई अनुमोदन गर्न मतदान गरेको छ ।कोभिड-१९ को संक्रमणबाट विनाशकारी परिणाम अमेरिकीहरूले भोग्नुपरेकोले नयाँ प्रशासनको पहिलो विधायकीय प्राथमिकतालाई अगाडि बढाउने दिशामा प्रमुख कदम चलेको हो ।
उक्त बिधेयकमा २१९ -२१२ मत परेको थियो । जस मध्ये दुई डेमोक्रेटिक सांसदहरूले विपक्षमा मतदान गरेका थिए । उनीहरुमा ओरेगनका कर्ट श्रेडर र मेनको जारेड गोल्डन रहेका थिए ।विधेयक द्विपक्षीय समर्थनमा पारित हुन् सकेन किनभने कुनै रिपब्लिकनले यसको लागि मतदान गरेनन । सदनमा पारित गरिसके पछि यो विधेयक सिनेटमा जानेछ ।सिनेटमा डेमोक्रेट र रिपब्लिकनको ५०/५० स्थान रहेकोले सजिलोसंग पारित नहुने अवस्थामा छ । कुनै पनि बिधेयक पारित गर्न सदन र सिनेटमा यस्तै समय लाग्ने गर्छ । उक्त बिधेयक भित्र अमेरिकी कामदारहरुलाई संघीय न्युनतम पारिश्रमिक १५ डलर गर्ने भन्ने राष्ट्रपति जो बाइडेनले राखेको योजना र प्रस्ताव भने सजिलोसंग पारित हुने अवस्था छैन ।
प्रतिनिधि सभामा डेमोक्र्याट्सले तयार गरेको प्याकेज(संपुष्टि)मा प्रत्यक्ष सहयोग स्वरुप ७५ हजार डलर भन्दा मुनी बार्षिक आम्दानी हुनेको सिधै खातामा १४ सय अमेरिकी डलर जम्मा हुने ,साना व्यवसायलाई राहत सहयोग ,राज्य र स्थानीय सरकारलाई प्रत्यक्ष अनुदान, विद्यालयहरूलाई अनुदान दिने र खोप वितरणको लागि बढी पैसा पनि समावेश रहेको छ ।रिपब्लिकनले आफ्ना सदस्यहरुलाई कोभिड राहत सहयोग संपुष्टिको बिरूद्ध मतदान गर्न आग्रह गरेका थिए ।