
अमेरिका।अमेरिकामा आइतबार राती समय परिवर्तन भएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पनि आइतबार राति आफ्नो घडी समायोजन गर्नु पर्ने भएको छ । परिवर्तन गर्न नसक्नेले मार्च १३ आइतबारका दिन समय अनुकुल अनुसार परिवर्तन गर्नु पर्नेछ ।
डेलाइट सेभिङ्ग टाइम ( अरुणोदय बचत समय )आइतवार, मार्च १३ २०२२ को ३ :०० बजे समाप्त भएको छ । यस समयमा घडीहरू एक घण्टा अगाडी हुनेछन् ।
डेलाइट सेभिङ टाइम(डिएसटी) २०२२ मा यस सप्ताहन्तमा आइतवार, मार्च १३ मा सुरु भएको छ । घडीहरू एक घण्टा “स्प्रिङ फर्वार्ड” अर्थात् वसन्त ऋतु अग्रसर हुन्छ, जसको मतलब हामी रातभर एक घण्टा कम सुतेका छौ ।
डेलाइट सेभिङ्ग टाइम (डिएसटी ) भनेको गर्मी महिनाहरूमा स्टानडर्ड टाईम (मानक समय)बाट एक घण्टा अगाडी समायोजन गर्ने एक अभ्यास हो । यसलाई अमेरिकामा ”डेलाईट सेभिङ्ग टाइम ” नामाकरण गरिएको छ ।गत राति ३ बजे डेलाईट सेभिङ्ग टाइमको सुरु भएको छ । अर्थात् घडीको सुइरोलाई ३ बजे बनाएर सुत्नु पर्ने हुन्छ । तसर्थ हामीले घडीको सुई १ घण्टा अगाडी बनाउनु पर्ने हुन्छ ।
के हो यो वास्तविकता ?
आईतबार ,मार्च १३ को दिन अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम )३ बजे सुरु हुनेछ ,र आफ्ना घडीहरु १ घण्टा अगाडी बनाउनु पर्छ ।यसलाई डेलाईट सेभिङ्ग टाइम भनिन्छ (एक बचन ) झुक्किएर पनि डेलाईट सेभिङ्गस् टाइम (बहुवचन ) नभन्नु होला ।
सन् २००७ देखि अमेरिकामा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)सुरु मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार गरिएको हो ।
ईतिहास यस्तो छ -
१७८४ मा डेलाईट सेभिङ्गको प्रथम अवधारणा बेन्जामिन फ्रान्कलिनले ल्याएका हुन। १९१४-१९१८ सम्म बेलायत प्रथम बिश्व युद्धमा डेलाईट सेभिङ्ग टाइममा चलेको थियो । मार्च १९ ,१९१८ मा अमेरिकामा स्टान्डर्ड टाइम एक्ट ( स्तरीय समय विधि )ले समय क्षेत्र तथा डेलाईट सेभिङ्ग टाइम स्थापित गर्यो ।
१९४५-१९६६ सम्म डेलाईट सेभिङ्ग टाइम सम्बन्धमा कुनै संघीय कानुन थिएन । १९७४- १९७५ सम्म कंग्रेसले एक घण्टा घडीको सुई पछाडी पारि उर्जा संकटमा सुरक्षित गर्न समय विस्तार गरेको थियो । १९८६-२००६ सम्म डेलाईट सेभिङ्ग टाइम अप्रिल महिनाको प्रथम आइतबारबाट सुरु हुने र अक्टोबरको अन्तिम आइतबार समाप्त हुने थियो ।
तर तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले अगस्त ८ ,२००५ मा उर्जा नीति नीतिमा हस्ताक्षर गरि बिधेयक बनेको थियो । त्यही समय देखि मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार समाप्त हुने बनाईएको हो ।
डेलाईट सेभिङ्ग टाइम अमेरिकाका कुन ठाउँमा लागु हुदैन र कुन क्षेत्रमा यसको असर हुदैन -
सयुक्त राज्य अमेरिकामा हवाई र एरिजोनाका अत्यधिक स्थानमा यसलाई अनुगमन गर्दैनन् । अमेरिकाका क्षेत्र(भूभाग) ग्वाम,पुर्टोरिको ,भर्जिन आइल्याण्ड,अमेरिकन समोआले यसलाई पालना गर्दैनन् ।
बिश्वका कुन कुन देशले यो संक्षेपमा (डिएलएस )पालना गर्छन त ?
बिश्व भर ७० वटा देशले यसलाई मान्दछन । भूमध्यरेखाका नजिक पर्ने देशले घडी मिलाई रहदैनन । चीन र जापानले पनि यसलाई मान्दैनन।
(:केफर डटकमबाट)