राष्ट्रपति बाइडेनको मन्त्रिमन्डलमा अमेरिकन आदिवासी डेब हाल्याण्ड बनिन आन्तरिक सचिव
श्रोत-एबिसी न्युज/ राष्ट्रपति जो बाइडेनको मन्त्रिमन्डलमा ईतिहास बनाउदै अमेरिकन आदिवासी डेब हाल्याण्ड आन्तरिक सचिव(घरेलु मामला सचिव )बनेकी छिन ।सिनेटले डेब हालान्डलाई आन्तरिक सचिवको रूपमा अनुमोदन गरेको छ । उनि अमेरिकी इतिहासमा पहिलो अमेरिकन आदिवासी (नेटिभ अमेरिकन) बाट मन्त्रिमन्डलमा पर्ने प्रथम व्यक्ति भएकी छिन ।
अमेरिकाको न्यू मेक्सिको राज्यको कंग्रेस महिला समेत रहेकी डेब हालान्डलाई घरेलु मामला सचिवमा मतदान भै अनुमोदन समेत भएको छ । मार्च १५ सोमबारका दिन सिनेटमा मतदान हुँदा उनको पक्षमा ५१ र बिपक्षमा ४० मत परेको थियो ।मतदान पछि सिनेट बहुमत नेता चक शूमरले सिनेट सभाकक्षमा उनको अनुमोदनलाई ” ठूलो अग्रगामी कदम ” भने। उनको अनुमोदन संगै यो देशको समृद्धि र विविधतालाई बढी समेट्छ । “हामीलाई थाहा छ यति लामो समय सम्म आदिवासी अमेरिकी समुदायलाई नराम्रो व्यवहार गरियो र हामीले लामो यात्रा गर्न बाँकी छ।”उनले थपे ।
आन्तरिक विभाग प्रमुखको रूपमा हाल्याण्डले देशको सार्वजनिक र आदिवासी भूमिहरूको रेखदेख र संरक्षण गर्ने कामको नेतृत्व गर्नेछिन । उनले ५७४ वटा संघीय मान्यता प्राप्त जनजाति र आदिवासी जनतालाई दुर्व्यवहार गर्ने वा बेवास्ता गर्ने विभाग बीचको विश्वास पुनर्स्थापना गर्न पनि काम गर्नेछिन ।सोमबार साँझ मतदान हुनु अघि शुमरले हाल्याण्डले दुई पटक इतिहास बनाइरहेकी उल्लेख गरे । उनले चुनावमा बिजयी भै कग्रेस महिला बनेकी र अब उनको संघीय विभागको नेतृत्व गर्ने पुष्टि हुने वताएका थिए ।