
काठमाण्डौँ – गीतकार, संगीतकार तथा गायक पबिधन खालिङ र गीतकार ईन्द्रकला राईको सहकार्यमा ‘तिमि नबुझि आयौ’ सार्वजनिक गरिएको छ ।
पबिधन खालिङको अफिसियल युट्युब च्यानलबाट म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिकालाई कर्मथलो बनाएका खालिङले नेपाली गीत संगीतमा योगदान गर्दै आएका छन् ।
खालिङको संगीत तथा संगीत संयोजन र ईन्द्रकला राईको गीत, श्रेयासी चेम्जोङको सुमधुर स्वर रहेको छ भने गीतको भिडियो बिज्ञान राईले निर्देशन गरेका हुन ।
चल्तीका कलाकारद्वय अनुशा राई र अनुप राईसङ्गै पहिलो पटक बाल कलाकार सुयाङ्मी राईले अभिनयमा डेब्यु गरेका छन् । निर्देशक राईकै सम्पादन रहेको भिडियो छायांकन शंकर भूजेलले गरेका हुन् ।
गीतमा प्रेमजोडी बिचमा आउने समस्यालाई चित्रण गरिएको छ ।