
एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेपछि नेटो देशको रुसबाट सुरक्षाका लागि भन्दै अमेरीका सहित नेटो देशका सेनाले बिशाल सैन्य अभ्यास चलाईरहेका बेला एक अमेरीकी लडाकु विमान वेपत्ता भएको छ ।
नर्वेको हिमाली क्षेत्रमा जारी सैन्य अभ्यासका क्रममा गएराति उक्त विमान सम्पर्क बिहीन भएको अधिकारीहरुले बताएका छन् । उक्त विमान दुर्घटनाग्रस्त भएको आशंकामा अन्य हेलिकप्टर र जहाज खोजीका लागि परिचालन गरिएको बताईएको छ । यो विमानमा चार अमेरीकी सैनिक रहेका थिए ।