अमेरिकन  रिभल्बर सहित एक युवा सोल्टीमोडबाट पक्राउ

काठमाडौँ - काठमाडौँ महानगरपालिका–१३ स्थित सोल्टिमोडबाट एक जना युवकलाई अमेरिकन रिभल्बर सहित आज​ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल​ सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङ छन । उनले लुकाएर राखेको अवस्थामा अमेरिकन रिभल्बर बरामद गरिएको श्रोतको दावि छ​।

श्रोतको अनुसार​ सो रिभल्बर जेनजी प्रदर्शनको क्रममा लुटेको हुनसक्ने आकलन गरिएको छ । तर, गुरुङले भने सो रिभल्बर अर्का युवकसँग किनेको बयान दिएका छन । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार​ मङ्सिर १२ मा पक्राउ परेका गुरुङ विरुद्ध प्रहरीले यसअघि पनि अभद्र व्यवहार र चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको भेटिएको छ ।