अनेरास्वयुका नेता केसी द्दुरा १५० थान सेनिटाजर सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य सागर केसीले कोरोना भाईरस विरुद्ध लड्न १५० थान सेनिटाइजर तादी त्रिशुली युवा क्लबलाई सहयोग गर्ने भएका छन् । यो महामारीले विश्व भरी नै निकै ठुलो संकट निम्त्याएकोले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने उनले बताए ।

त्यसै गरी बेलकोटगढी नगरपालीका बेलकोट निवासी युवा व्यवसायी जयराम पाण्डेले पनि ५०० थान मास्क तादी त्रिशुली युवा क्लबलाई सहयोग गर्ने भएका छन् ।

तादी त्रिशुली युवा क्लबका अध्यक्ष राजकुमार अर्यालले  धन्यवाद दिदै भन्नु भयो । उहाँहरुले हामीलाई सेनीटाईजर र मास्क सहयोग गर्ने प्रतीबद्धता जनाउनु भएको छ । लकडाउनको परिस्थितीलाई मध्य नजर गरि कानुनको पनि उल्लंघन नहुने तथा संक्रमण नफैलिने तवरबाट उक्त सामग्री बितवरण गर्ने चाजो पाजो छिट्टै मिलाउने छौ ।