अनेसास, कोलोराडो शाखा विशेष परिषद गठन ।
✍हाम्रो आवाज न्यूज ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखा कार्यसमितिले कोलोराडो शाखाको विधान २०१२ (पहिलो संशोधन, २०१२) अनुसार सल्लाहकार समितिको परामर्शमा विशेष परिषदको गठन गरेको छ । विशेष परिषदमा अनेसास ट्रष्टी सदस्यबाट दुई जना र अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्षहरुबाट तीन जना गरी जम्मा पाँच जना सदस्य रहने व्यवस्था छ ।
हाल गठन गरिएको विशेष परिषदको सदस्यहरुमा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा (ट्रष्टी सदस्य), कोलोराडोका समाजसेवी तथा व्यवसायी नारायण श्रेष्ठ (ट्रष्टी सदस्य), साहित्यकार प्रभा आचार्य (पूर्व अध्यक्ष), साहित्यकार भुपेन्द्र महत (पूर्व अध्यक्ष), र अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी (पूर्व अध्यक्ष) रहनुभएको छ ।
विशेष परिषद सदस्यहरुको पदावधि ३ बर्षको हुनेछ । शाखाको विधानमा स्वतन्त्र अगंको रुपमा रहने गरी व्याख्या गरिएको विशेष परिषदलाई कार्यसमितिले नियमित रुपमा हुनुपर्ने निर्वाचन गराउन नसकेको अथवा कार्यसमितिका सदस्यहरुमाथि अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने जस्ता विशेष परिस्थितिहरुमा हस्तक्षेपकारी विशेष अधिकार प्रदान गरिएको छ ।