
✍ हाम्रो आवाज अनलाईन न्यूज।बिगत १५ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आईरहेकी संन्चारकर्मी ,लेखक साथै थुप्रै गीतको एल्बमहरु श्रोता दर्शक हरु माझ सार्बजानिक गरीसकेकी सर्जक साबु गदाल कार्की अनआरएन अमेरीकाको आगामी निर्वाचनमा बोर्ड मेम्बर पदमा उमेद्धारी दिने घोणणा गरेकि छिन ।
नेपालमा छँदा संचार क्षेत्रमा रहेर एक दसकभन्दा रेडियो नेपालमा कार्यकम सॉञ्चालन गरिसकेकी रेडियो प्रस्तोता एंवम अनेसास कोलोराडो च्याप्टरमा २००५ देखि संलग्न भै दुइटा कार्यकाल कार्यसमितिमा रहेर काम गरेको अनुभव साथै NAS कोलोराडोको संस्थापक अध्यक्ष, INAS अमेरिकाको क्षेत्रीय संयोजक हुँदै INAS Global को सहकोषाध्यक्ष र उपाध्यक्ष समेत भै एउटा विश्वव्यापी संस्थाको तल्लो तहदेखि उच्च निकायसम्म काम गरी सकेकी र कोलोराडो राज्यका लागि नेपाल सरकारको पर्यटनदूत भै हालसम्म पनि कार्यरत रहेको सरकारी जिम्मेवारीको अनुभवहरु थुप्रै साबु संग छ ।
संस्थाको बिधान अनुसार अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको हितमा आफुले हाल सम्म जानेको बुझेको अनुभब खर्च गर्ने प्रतिबद्दता गर्दै उनले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको ( २०२१–२०२३ ) पदाधिकारीहरुको निर्वाचनमा आफुलाई बोर्ड मेम्बर पदमा अमुल्य भोट दिई जिताउन सबैसंग अनुरोध गरेकी छिन ।