NRNA अमेरिकाको चुनावी प्रचार र अन्तरक्रिया कार्यक्रम कोलोराडोमा सम्पन ।

हाम्रो आवाज न्यूज ,अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको पाँचौं चुनावी अन्तरक्रिया कार्यक्रम कोलोराडोको ब्रुम्फिल्ड शहरमा सम्पन भएकोछ ।एनआरएनए कोलोराडो च्यापटरका अध्यक्ष कुमार जंग कार्किको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी धर्मराज श्रेष्ठ र बिशेष अतिथी बुद्दि सागर सुबेदिको रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बाट दिपा भट्टराई अधिकारीले उपस्थित सबैलाई स्वागत गरेकी थिईन सो कार्यक्रमको संन्चालन सरिता गुरुङ र राज ढुङानाने गरेका थिए ।

कार्यक्रममा कोलोराडोका विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, कलाकार ,पत्रकारहरुको उपस्थिती रहेको थियो साथै संस्थाका प्रतिनिधिहरुले संस्था र ब्यात्तिगत तर्फ बाट शुभकामना ब्यात्त गरेका थिए ।कोलोराडो बाट एनआरएनए केन्द्रिय सदस्यमा आफ्नो उमेद्द्वारी घोषणा गरेका साबु गदाल कार्की , प्रेमकाजी श्रेष्ठ ,राज ढुङनाले आफ्नो धारणा राखेका थिए ।उत्त कार्यक्रममा नै एनआरएनए कोलोराडो च्यापटरको (२०२१-२०२३ ) को नयाँ कार्यसमितिको लागी आ-आफ्नो उमेदवारी घोषणा गरेका थिए अध्यक्षमा नवराज न्यौपाने उपाध्यक्षमा रिमा गुरुङ होडा सचिवमा अर्जुन बगाले आ-आफ्नो घोषणा पत्र प्रस्तुत गर्दै उमेदवारी घोषणा गरेका थिए।

बिशेष अतिथी को ड्यासबाट बोल्दै सुबेदिले आफु जितेमा दोहोरो नागरिकताको बिषयमा नेपाल सरकार संग पहल गर्ने अमेरिकामा रहेका नेपाली हरुको हरेक समस्यलाई प्राथमिताको साथ सुनुवाइ गर्ने च्यापटर हरुलाई सकृय बनाएर स्थानिय सबै संघ संस्था हरु संग सम्मन्य गर्ने प्रतिबद्द्ता ब्यात्त गर्दै कोलोराडोमा रहेका नेपालीहरुले आफुलाई सहयोग गर्न अनुरोध गरे। कार्यक्रमको सभापती कुमार जंग कार्किले उपस्थित सबै लाई हार्दिक धन्यबाद दिदै कोलोराडो बासी नेपाली हरुलाई बुद्दी सागर सुबेदिलाई सहयोग गर्न अपिल गर्दै कार्यक्रम को बिसर्जन गरेका थिए ।