अप्ठ्यारोमा परेको कलाकारहरुलाई म्युजिक भिडियो कलाकार संघले राहत प्रदान गर्ने
बिस्वब्यापी कोभिड-१९ को दोस्रो भेरियन्टका कारण त्रास फैलिएको अवस्था सबैलाई अवगत नै छ । हाल नेपाल सरकारले राहतको लागी कुनै पनी ब्यवस्था गरेको छैन । नेताहरु सत्ताको दाउमा मात्र केन्द्रित छन् । नेपाली जनतालाई गरिबी र भोकमरीले सताएको यो बिषम परिस्थितीमा सरकारले टुलु टुलु हेरेर मात्र बसेको छ ।
सरकार भन्छ हामी भोकबाट जोगाउछौ । तर यो कुरा भाषणमा मात्र सिमित रहेको पाईन्छ । यस महामारीले गर्दा नेपाली कलाकारहरुलाई झन अप्ठ्यारो परिस्थिती परेको छ । न त स्टेज कार्यक्रम,न त सुटिङ गर्न सक्ने अवस्था छ । अहिले जटिल अवस्था पनी छ । त्यसैले सबै कामहरु ठप्प छन् । कोरोनाको महामारीको यो बिषम परिस्थितीमा पनी सरकार भ्रष्टचार गर्नमा मात्रै ब्यस्त छ ।
कला क्षेत्रलाई नै कर्म बनाएका कलाकारहरुको अवस्था झन जटिल बन्दै गहिरहेको अवस्था छ । जसले गर्दा धेरै कलाकारहरु मर्कामा परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै म्युजिक भिडियो कलाकार संघले एक बिज्ञप्ती जारी गर्दै कठिन अवस्थामा रहेका कलाकारहरुलाई संस्थाबाट सक्दो सहयोग गर्ने कुरा सार्वजनिक गरेको छ ।
अप्ठ्यारो परिस्थितीमा परेका कलाकारहरुले सिधै म्युजिक भिडियो कलाकार संघका पदाधिकारीहरुलाई सम्पर्क गरी राहत लिन सक्ने कुरा म्युजिक भिडियो कलाकार संघका अध्यक्ष शंकर बिसीले जानकारी गराएका छन् । साथै सहयोगका लागी सचिव सुनिल लामिछाने (९८४९४४६३३८) र कोषाध्यक्ष देबेन्द्र क्षत्री (९८४१९८००२०) मा सम्पर्क गर्न सकिने कुरा अध्यक्ष बिसीले बताए ।