
सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालीका ४ जुबुमा आयोजित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि अर्जुन इन्टरप्राइजेजले उचालेको छ ।
दुधकोशी यूवा क्लबको आयोजनमामा फागुन २६ गतेदेखि सुरु प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा थुलुङ दुधकोशी युथ क्लबलाई पछि पार्दै अर्जुन इन्टरप्राइजेस ओखलढुंगाले उपाधि हात पारेको हो ।
प्रतियोगीतामा थुलुङ दुधकोशी युथ क्लबले उपविजेता बनेको छ । सिर्जनशील समाज जुबु र माप्यदुधकोशी गाउँपालीकाले तेस्रो र चौथो स्थान हासिल गरेको छ । विजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता तथा समाजसेवी प्रकाशसिंह कार्कीले पुरस्कार वितरण गरेका छन् ।
विजेतालाई क्रमशः एक लाख एक हजार एक सय एघार, पचहत्तर हजार एक सय एघार, पैतिस हजार एक सय एघार र दश हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगीताका ३ शिर्ष टिमलाई कांग्रेस नेता तथा समाजसेवी कार्कीले व्यक्तिगत तर्फबाट ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार समेत प्रदान गरेका छन् ।
समापन कार्यक्रममा नेपाल तरुण दलका पुर्व अध्यक्ष जीवन गुरुङ, जनकल्याण माबीका पुर्व प्रध्यानाध्यापक टेकराज भण्डारी लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।