
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा अस्ट्रेलियासँगकाे खेलमा दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाएका छन् ।
काेलकाताकाे इडेन गार्डेन्समा भइरहेकाे खेलमा मिलरले १ सय १५ बलमा शतक बनाए । उनले ५ छक्का र ८ चाैका प्रहार गरे । ताजा अवस्थामा दक्षिण अफ्रिकाले ओभरमा ४७ ओभर १ बलमा ८ विकेट गुमाएर २ सय २ रन बनाएकाे छ ।