बाल कुमार र कविताको ‘विऊ खायो चल्लैले’ (भिडियो)

काठमाण्डौँ – ओखलढुंगेली कलाकार बाल कुमार श्रेष्ठ र कविता खत्रीले नयाँ दोहोरी गीत ‘विऊ खायो चल्लैले’सार्वजनिक गरेका छन् ।

स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा बाल कुमारको गीत र संगीत दिएका छन् भने गायनमा बाल कुमार र कविताले सहकार्य गरेका छन् ।

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको भिडियोमा लोकेशन र ड्रेसअपमा विशेष ध्यान दिइएको छ । जस्ले भिडियोलाई हेर्नलायक बनाएको छ ।

भिडियोमा मोडेल गीता ढुंगानासंग निर्देशक सुनिल आफैँले स्कृन शेयर गरेका छन् ।