
काठमाडौं । इन्डियन प्रिमियर लिगमा आज भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ११२ रनले पराजित गरेको छ ।
बैंग्लोरले दएिको १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा रोकिन पुग्यो ।
सन् २००९ मा टोली ५८ रनमा अलआउट भएको थियो । त्यसबेला पनि बैंग्लोरसँग अलआउट भएको थियो ।
लिगको सबैभन्दा सानो स्कोरको कुरा गर्दा यो कीर्तिमान बैंग्लोरको नाममा छ । बैंगलोरको टोली २०१७ मा कोलकाताविरुद्ध ४९ रनमा अलआउट भएको थियो।
आजको जितसँगै बैंग्लोर तालिकाको ५ नम्बरमा उक्लिएको छ । टोलीको १२ खेलपछि १२ अंक छ ।
वायन पार्नेलले ३ विकेट लिए । माइकल ब्रेसबेल र करण शर्माले दुई–दुई सफलता हात पारे । सिराज र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।
त्यसअघि बैंगलोरबाट कप्तान फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले अविजित २९ रन बनाएका थिए ।
एडम जाम्पा र केएम आसिफले समान २–२ विकेट लिए ।