बन्द कोठा
कविता-
“बन्द कोठा”
भित्ते घडी ,,,
आफ्नै रफ्तारमा दौडिरहन्छ
चिसो सिरेटो सुटुकै छिर्छन झ्याल बाट
बाहिर भंगेरा हरु चिर्बिराउछन
सुनसानछ ब्यास्त सडक
छिमेकिको घरको झ्यालमा
पर्दा खोलिएको छैन
सायद अब त !
मान्छेले मान्छेलाई नै
डराउन थालेका छन
त्यसैले बन्द कोठा भित्र
प्रिय साथी बनेकोछ
आफ्नै मन अनि
टेबल माथिको थुप्रै पुस्तक हरु
मलाई छोडेर दौडिरहने घडी
अनी एक्लो म ...।
मन हरुको खै कहाँ
सिमा हुदो रहिछ र ... ?
भूगोलले छेकेका सिमारेखा हरु
नाघेर जान्छन
न लगाउनु पर्छ भिसा
न चाहिन्छ , उडाई लाने जहाँज
पुग्छ्न आफ्नै परिवेशमा
घुम्छन पाखाँ पखेरा हरु
सोध छन सन्चो बिसन्चो
आफन्त हरु संग गाउँबेशिमा
अनी याद हरुको पहाड बोकेर
फर्किन्छन,मन हरु ....
यो बन्द कोठा भित्र
र म सोधि रहन्छु आफ्नै मन लाई
मान्छे बाट ,मान्छे नै डराउने
समय पो आईसके छ ।
✍️गौतम सागर राई
कोलोराडो अमेरिका ।