बन्द कोठा भित्र फुर्सदिलो समय

बिचार -✍️ अमेरिकाको कोलोराडो राज्य बसेको पाँच बर्ष भयो । यो मेरो पहिलो अनुभव हो यसरि रूम भित्र थुनिएर बसेको आफै देखी आफै डराएको । यती बेला कोरोना भाइरसले बिश्वभरी जन जिवन प्रभावित बनाएको छ यसको प्रत्येक्ष प्रभाव मेरो एरियामा पनि पारेकोछ । सुपर मार्केट देखी रेष्टुरेन्ट कम्पनी सबै तिर , यो फुर्सदिलो समय सिर्जन्शिल बनाउन कोसिश गर्दैछु । अन्लाईन न्युज अफडेट केहि कविता संस्मरण लेख्दै केहि पुस्तक हरु पढ्दै ,अझ ब्यास्त दिन हरु थिए धेरै साथी हरुको गुनासोको सिंगो पात्रो थिए सबै संग समय अनुकुल बोल्ने कोशीस गर्दैछु । हो यती बेला अहिले सम्म बाँचेको जिन्दगीको हिसाब किताब पनि गर्दैछु । यात्रा अफ्ठ्यारा,थुप्रै चुनौती हरु संग जुध्दै फराकिलो बाटो हरु खोजेको ,खनेको तर खै कहाँ गन्तव्य भेटिदो रहिछ र ...? अब त लाग्छ आफु संग जे छ जस्तो छ त्यही चिज संग रमाउन खुशी हुन सकियो भने त्यही हो शुन्दर जिन्दगी ।

यती बेला बिश्वभरी कोरोना भाइरसले आग्रहन्त बनाएकोछ ।हरेक कुराको सेवा सुविधा सम्पन राष्ट्रहरु पनि घुडा टेकाएको अवस्थामा हामी आफै सजक रहनु नै बुद्धिमान हो ।यो अफठ्यारो अवस्थामा मानबिय हिसाब र आत्मियताको धेरै आवश्यक पर्छ ।तपाई हामी एउटा असल नागरिकको हैसियतले सही सुचना मात्र संम्प्रेसन गर्नु हाम्रो दायित्व पनि हो । अहिले केहि गलत सुचना प्रबाहले मान्छे हरुमा त्रसित भ्रम हरु पनि फैलिएको भेटिन्छ ,यसको मुल जिम्मेवार तपाइ हामी नै हो । हामी सबै लाई थाहा छ ,यो असहज घडिमा शंका उपसंकाले अप्रिय घटना हरु पनि घटन सक्छ ,यस्ता घटना ,त्रास ,हरु लाई न्युनिकरण गर्न को लागी हामी आ-आफ्नो ठाउँमा जिम्मेवारी बन्नु पर्छ ।हाम्रो टोल छिमेक हरुमा सद्भाव राखौ , अरे....को पछाडी लागेर गलत सुचना प्रबाह नगरौ ।प्रंसाशनले तोकेको नियम हरु पालना गरौ ,साथै बिदेशमा रहने हरु लाई अझ धेरै समस्या हुन्छ र छ पनि यस्तो अवस्था मा कसरी सुरक्षित रहने पहिलो कुरा ध्यान दिन जरुरी छ । स्थापित नेपाली संघ संस्था हरुले यस्तो अवस्था मा अभिभाबकको भुमिका निर्वाह गर्न सक्नु पर्छ ।यो संकट अवस्थामा अन्लाईन बाट सही सुचना हरु दिनु पर्छ । फेशबुक म्यासेन्जर ग्रुप बाट आ-आफ्नो समुदाय हरु लाई सही घटना हरुको सही जानकारी दिनु पर्छ । बिदेशमा फरक भाषा फरक सिस्टम हुन्छ यस्ता प्राविधिक कानुनी बिषय हरुको मध्यस्ता कर्ताको भुमिक निर्वाह गर्नु पर्छ ।

तपाई हामी आफ्नो स्वास्थ्यको बिषयमा सबै भन्दा पहिले जान्कार आफै हो ,त्यसैले अफ्ठ्यारो महशुस भयो भने तुरुन्त हस्पिटल डाक्टरको सम्पर्कमा जानु पर्छ, अरु बेलाको जस्तो बेवस्ता गरेर बस्नु हुँदैन ।बिशेष काम भयो भने मात्र बाहिर निस्कदा राम्रो तर यदी निस्कनु नै परे सावधानी अपनाउनु होला । घर भित्र बस्दा दिक्क लागेको हुन सक्छ सके सम्म समय लाई सदुपयोग गर्नु होस साथै आफैलाई व्यास्त बनाउनु होस । जिबन उपायोगी पुस्तक हरु पढेर केहि सिप र ज्ञानका भिडियो हरु युटुबमा हेरेर , अहिले इन्टर्नेटको जमान छ बिश्वलाई नजिक बाट सजिलै नियाल्न सक्छौ । लामो समय देखी छुटेका बोल्न नपाएका साथी हरु संग सम्पर्कमा रहनु होस ति साथी हरु संग पुरानो याद हरु खोतल्नु होस । संसार मा सफल ब्यात्तित्व हरुको जिबनी अन्लाईन बाट खोजेर पढ्नु होस सधै सकारात्मक सोच्नु होस , आफुले गरिरहेको काम को लामो दिर्घकालिन योजनको खाँका कोर्नु होस ।आत्मबल ले धेरै कुरा जित्न सकिन्छ ,त्यसैले सधै आत्माबल लाई दर्हौ बनाउँ ।

-गौतम सागर राई
सोलुखुम्बु हाल- कोलोराडो अमेरिका ।