
✍ हाम्रो आवाज अनलाईन न्यूज ।गायक तथा संगीतकार बसन्त लम्सालको “ज्यानै फाल्नु पहिले “ मर्मस्पर्सी गीत भिडियो सहित सार्बजानिक भएकोछ ।यस गीतमा स्वर हरी लम्सालको र शब्द संगीत बसन्त लम्सालको रहेकोछ । गीतलाई एरेन्ज किरण कडेलले गरेका हुन भने प्राज्ञ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिंग शम्भु टन्डुकारको रहेकोछ ।
यस मर्मस्पर्सी गीतमा जिन्दगीको महत्व कती हुन्छ ? हरेक अफठ्यारा हरु बिचमा पनि जिउन जान्नु पर्छ भन्ने सन्देश बोकेकोछ । जती मिठो गीत भिडियो पनि त्यती नै राम्रो बनेकोछ । गीतको भिडियोमा महानायक राजेश हमाल र चर्चित नायिका रिमा बिश्वकर्मा शिर्वनी थापाको अभिनय हेर्न सकिन्छ । गीतको भिडियो निर्देशान निकेश खड्काको र छायाङ्कन बुद्द थापाको भिडियो सम्पादन बिकाश धमलाको रहेकोछ । यस गीतको म्युजिक भिडियो Twelve Notes युटुव च्यानलबाट सार्वजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ