
✍️नातिबाबु भट्ट, कोलोराडो, अमेरीका ।कोलोराडो निवासी गीतकार तथा संगीतकार बसन्त लम्साले प्रवासमा रहेकाहरुलाई देशको के माया भन्नेहरुलाई आÏनै रचना एबं संगीतमा एक म्युजिक भिडियो सार्वजनिक गर्दै गतिलो जवाफ दिएका छन् । जन्मभुमी प्रती आघात प्रेम झल्किने “भन्छौ रे देश छोडेर जाने” गीतको म्युजिक भिडीयो लम्सालले सार्वजनिक गर्दै जवाफ दिएका हुन् ।
गीतमा कुदिएका सब्दहरु सुन्दा यसले प्रवासमा रहेका संम्पुर्ण नेपालीको प्रतिनिधित्व गरेको आभास हुन्छ । “ भन्छौ रे देश छाडेर जाने के भन्नु तलाई, तिमीलाई भन्दा माटोको माया धेरै छ मलाइ ” जस्ता गहकिला सब्दहरु कुदेर तयार परिएको गीत धेरै मार्मिक रहेको छ । कर्म ग्याल्छेन बम्जनको स्वर, सन्तोष गिरीको अभिनय, भुषण दाहालको डिरेक्सनमा तयार भएको गीतमा नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।
नेपालको दाङ जिल्लामा जन्मिएका लम्साल झण्डै तिन दशक अगाडी देखि गीत संगीतमा लागेका हुन् । गीतकार , संगीतकार तथा गायकको परिचय बनाई सकेका बसन्त लम्सालको यस बाहेक अन्जु पन्तको आवाजमा रेकर्ड गराएका धर्तिमा आए एक्लै, आफैले गाएका संभावना भए गाउंमै गरी केही खाने लगायतका गीतहरु ज्यादै मार्मिक तथा समय सान्र्दभिक रहेका छन् । त्यस्तै उनको दोवाटोमा एल्बममा सगटिएको छायां बस्ने पिपलुको, सानो होला मेरो घर लगायतका गीतलाई श्रोताहरुले धेरै मनपराएका छन् ।
विसं २०६३ मा नेपाल छाडेका लम्साल हाल कोलोराडोमा बस्दै आएका छन् । यस म्युजिक भिडियो जार्वजनिक भएपछि सामाजिक संजाल फेस बुकमा सेयर गर्दै उनले एक स्टाटस लेखेका छन् । जहां उनले , बर्सौ सम्मको प्रतिक्षा पछि र सुदुर भविश्य सम्म पनि देशलाई सच्चा माया गर्ने कोही नदेखेको अवस्थाको यो सानो चित्रण हो भनेका छन् ।
भडियो लिंक यहाँ
https://youtu.be/30niNO4TIPU