
भाबना -
सञ्चै छौ की बिसन्चो छौ , के छ घरदेश तीर ?
काल सँग लुक्दै हिड्छौ , हामी परदेश तीर।
कती खेर झम्टिने हो, थाहा नपाई कन ।
त्रासदी मै रात दीन काट्छौं , हामी परदेश तीर ।
के भो तलाई भनी सोध्ने सबै घरदेश तीर।
तातो पानी सम्म दिने, छैनन परदेश तीर ।
सामल को जोहो कतै हुन नसकेर।
भोको पेट ,चिसो ओछ्यान रुन्छ परेदेश तिर।
जहाँ छौ त्यही बस, भन्छ अरे सरकार ।
बस्ने ठाउँ मै ताला ला'छ हाम्रो परदेश तिर ।
संगै बस्ने साथी लाई , लग्यो उसकै देश ले ।
तँलाई लिन कहिले आउछ, सोध्छन परदेश तीर
मेरो सरकार फुर्ति लाउछ मेरै पसिनामा ।
आपत पर्दा सम्झिदैन हाम्लाई परदेश तिर।
काल संग भाग्न सके भेट होला फेरी ।
मर्ने बाच्ने टुंगो छैन हाम्रो, परदेश तीर ।
✍️दिनेश कार्की
सुनसरी इटरी हाल - अमेरिका कोलोराडो ।