काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको भोलि हुने फाइनलको बाँकी खेल हेर्नका लागि टिकट नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले भोलिको खेल निःशुल्क हुने जनाएको छ ।
वर्षाका कारण स्थगित भएको नेपाल र यूएईबीचको फाइनल खेल आज रोकिएकै ओभरबाट मंगलबार बिहान ९ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।