भारतिय दूतावासको पास लिएर फेरि किन दिल्लि गए दुर्गा प्रसाईं ?
हाम्रोआवाज न्युज डटकम- राष्ट्र,राष्ट्रियता,धर्म,सँस्कृति र नागरिक बचाऊ महाअभियानं को नाममा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि भारत पुगेका छन । श्रोतका अनुसर उनी आज अपराह्न स्थलमार्ग हुँदै नयाँ दिल्ली गएका हुन ।
झापाको बिर्तामोड नगरपालिका-५ स्थित निवासबाट प्रदेश-१- ०१ ००१ च ९१९५ नं। को स्कर्पियोमा प्रसाईं पानी ट्यांकी नाकाबाट भारत छिरेको बुझिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल लेखिएको सेतो रङको गाडी हाँकेर गएका उनले नाकामा भारतीय दूतावासको पास देखाएपछि छोडिएको थियो ।
प्रसाईं पर्सि २१ गते दिल्लीबाट काठमाडौं फिर्ता हुने र २२ गते प्रधानमन्त्रीसङ्ग भेट्ने कार्यक्रम छ । उनी मङ्सिर १५ गते बिहान पनि त्यही गाडीमा सोही रुटबाट भारत पुगेर १७ गते राती नेपाल फर्किएका थिए । त्यसअघि उपचारका लागि छोरोसहित नयाँ दिल्ली पुगेका प्रसाईंलाई त्यहाँ भेटघाटमा रोक लगाइएको चर्चा थियो।