भारतका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपिन रावत सवार हेलिकप्टर दुर्घटनाको कारण ।

एजेन्सी । भारतका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपिन रावत सवार एमआई–१७ हेलिकप्टर बुधबार तमिलनाडुको कुर्नूलमा दुर्घटनाग्रस्त भएको छ । यो हेलिकप्टरमा उनकी श्रीमतीसँगै अरु केही आर्मी अफिसर पनि रहेको बताइएको छ ।

रिपोर्टका अनुसार अहिलेसम्म चार जनाको शव निकालिएको छ भने केही ग म्भी र घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। यो दुर्घटनामा सीडीएस सुरक्षित रहने अपेक्षा गरिएको छ। तर, बिपिन रावत हवाई दुर्घटनामा परेको यो पहिलो पटक भने होइन । सन् २०१५ मा पनि उनी हेलिकप्टर दुर्घटनाबाट जोगिएका थिए ।

घटना फेब्रुअरी २०१५ मा भएको थियो जब लेफ्टिनेन्ट जनरल विपिन रावत दीमापुरमा सेनाको ३ कोर मुख्यालयको नेतृत्व गरिरहेका थिए। आफ्नो चिता हेलिकप्टरमा दिमापुर छोड्दा अचानक केही उचाइमा हेलिकप्टरको नियन्त्रण गुमायो र हेलिकप्टर दुर्घटना भयो । त्यसबेला यो घटनाको कारण इन्जिन फेल भएको बताइएको छ । उक्त दुर्घटनामा जनरल रावत सामान्य घाइते भएका थिए ।

सेनाले पछि यो हेलिकप्टर जमिनबाट २० मिटरको उचाइमा पुग्न सक्षम भएको खुलासा गरेको थियो। यसै क्रममा सिंगल इन्जिन भएको यो हेलिकोप्टरमा केही गडबडी भयो र दुबै पाइलटले नियन्त्रण गुमाए । तर दुर्घटनामा मानवीय क्षतिको कुनै समाचार आएन ।