
काठमाडौं । भारतीय रिजर्भ बैंकले दुई हजार दरका नोट चलनबाट हटाउने घोषणा गरेको छ ।
शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ।
सर्वसाधारणले आफ्नो बैंक खातामा २ हजारका नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर पनि नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।