
कविता -
“भर्याङ “
भनेकै थिएँ
भर्याङ चढनु पहिले
ओर्लिने अभ्यास गरेर जानु ।
पहाडहरु उचाईमा बसेर
कहिल्यै हेप्दैनन समथरलाई
साथी बनाउँछन स - साना रुखहरु
अनी गर्छन् प्रेम मसिना कमिलाहरुलाई
र त कहिल्यै मर्दैनन पहाडहरु
बरु झुकिरहन्छन्
तल -तलका खोचाहरुसंग ।
मान्छे अजिवको प्राणि
अलिकती उक्लियो कि
भर्याङ बिर्सन्छ
आफू हिडेको
बाटो बिर्सन्छ
उसले बिर्सनुहुन्नथ्यो
स-साना जुनकिरिहरुको उज्यालो
जुन उज्यालोको छात्तिमा टेकेर
उसले पार गरेथ्यो
सपनाको अधेरो बाटो
यात्रामा सबथोक बिर्सनु
तर नबिर्सनु
आफू उक्लिएको भर्याङ ।
✍️देबकी अभिलाषी
काठमाण्डौ ।