‘भएँ पानी पानी’मा रमेश र रिनाको रोमान्स (भिडियो)


काठमाण्डौँ – समिक्षा अधिकारी र धनु मानन्धरले स्वर भरेको दोहोरी गीत ‘भएँ पानी पानी’ सार्वजनिक गरिएको छ ।


शिशिर रानाको गीत र धनु मानन्धरको भाकामा तयार भएको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।


अमोन रानाको निर्देशन र कोरियोग्राफी रहेको गीतमा रमेश बाबु थापा र रिना थापाले स्कृन शेयर गरेका छन् ।


करण चैसिरले खिचेको भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् । मेसना डिजिटलबाट सार्वजनिक गरिएको गीत माया पिरतीमा आधारित छ ।


यस गीतका गायक धनु मानन्धर पेशाले शिक्षक हुन् । उनी शिक्षण पेशासंगै गीतसंगीतलाई संगै अघि बढाउन चाहन्छन् ।


यसअघि उनले ‘के गर्दैछौ गाउँमा’ बोलको लोक गीत गाएका थिए ।