दिक्तेल रुपाकोटको सहयोगमा हर्कले ल्याए कृषि गीत(भिडियो)


काठमाण्डौँ – गायक हर्क गदालले कृषि गीत ‘गाउँमै रमाउने हो’बजारमा ल्याएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा तयार भएको गीतमा गायक गदाल र गायिका पुर्णकला विसीको स्वर सुन्न सकिन्छ ।

गदाल दिक्तेल रुपाकोट ४ खाल्लेमा जन्मे हुर्केका हुन् । गायक आफैँले कृषि गीतको कन्सेप्ट बनाएका थिए ।


गदालकै शब्द र संगीतमा तयार भएको गीतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आत्मसाथ गरेको कृषि निति र कार्यक्रमलाई प्रतिविम्बित गरिएको छ ।

गत बर्षलाई कृषिबाटै आत्मनिर्भर बन्ने अभियान चलाएको नगरले कम्पोष्ट प्लान्ट समेत स्थापना गरिसकेको छ ।


बसन्त वाम्बुले राईको निर्देशन तथा सम्पादनमा तयार भएको गीतको भिडियो शनिबार एक कार्यक्रमको आयोजना गरेर दिक्तेल रुपाकोटका मेयर दिप नारायण रिजालले रिलिज गरे ।

कार्यक्रममा बोल्दै मेयर रिजालले स्थानीय संभावना अनुसारको व्यवसायीक कृषि कर्म अपनाउन र कृषि उत्पादनमा आत्मनिर्भर बन्न आग्रह गरे ।


खोटाङ म्यूजिक प्रा.लि.को अफिसियल यूटुवबाट सार्वजनिक गरिएको भिडियोमा बसन्त राई, पर्शु गजमेर, दिवस कार्की, राधिका रसाईली, कला राई, टिका गदाल, मेनुका लम्साल, गंगा विकले अभिनय गरेका छन् ।

भिडियो दिक्तेल रुपाकोट क्षेत्रमै खिचिएको हो ।