भोलीका लागि मौलिक गीत (भिडियो)
काठमाण्डौँ – गुल्मीमा जन्मेका सन्तु थापा लाहुरे परिवारमा जन्मेका हुन् । उनी मात्रै गायन क्षेत्रमा लागे । अरु सबै दाजुभाई लाहुरे छन् ।
उनको धार मौलिक छ । लाखौँ लगानी गरेर मौलिक सृजना बजार पठाउछन् । भर्खर मात्रै पनि कौडा गीत ‘सुपारी काँचो’बजारमा ल्याएका छन् । सुरेश राना मगरको सृजनामा तयार भएको गीतमा सिन्धु मल्लसंग स्वरमा सारथी गरेका छन् ।
आउटडोरमा खिचिएको कौडा गीतको लागनी ४ लाख हाराहारीमा छ । ‘स्रोता दर्शकको प्रतिक्रिया राम्रो छ । तर रिलिज गरिएको २ दिनमै कपीराइट लाग्यो । जस्ले गर्दा अपेक्षाकृत दर्शकको माया पाउन सकेन् ।’ उनले भने ।
यसअघि गायिका मन्जु पौडेलसंग तिजका गीतहरुमा सहकार्य गरेका सन्तुले यसअघि ‘लाहुरे दाईलाई’ (पन्चेबाजा), ‘आयो माहाराजै’ र ‘शिरै चढाउला’ (सोरठी), ‘रेसुङगा डाँडा’(सालैज्यू) लगायतका दर्जन बढि मौलिक भाकाहरु रेकर्ड गराएका छन् । जुन गीतहरु सन्तु थापाका् अफिसियल यूटुवमा गएर हेर्न र सुन्न सकिन्छ ।
मौलिक भाकाबाट उनी कहिल्यै अघाउदैनन् । किनकी, कालजयी हुन्छ । ‘पुस्ताले सम्मान दिने र सम्झने गीत भनेकै मौलिक गीतबाट हो ।’ उनले भने, ‘व्यवसायिकताको आडमा आज चर्चित भोली खोज्नुपर्ने गीत रेकर्डमा खास ध्यान जादैन् । मौलिकता जर्गेनामा सानो भएपनि योगदान गर्न सकूँ भन्ने लाग्छ ।’
गायक सन्तुले सर्जक तथा निर्माता आफैँले सेन्सर बोर्डको काम गर्नुपर्ने बताउछन् । आफूले तयार पारेको र गाएको गीतले समाजमा कस्तो प्रभाव पर्छ भन्ने कुराको हेक्का राख्न सक्नुपर्ने उनको भनाई छ ।
शिखर भेटमा गफिदै उउनले भने, ‘लोक गीतको हरेक विधामा काम गर्न सकिन्छ तर त्यो कम्फरटेवल लाग्दैन् । क्वालिटीको कुरा पनि आउछ । अन्य विधाका साथीहरुलाई संयोजन गरेर लैजानुपर्छ ।’
सन्तुले प्राय भिडियो गुल्मीमै छायांकन गर्छन् । आफ्नै गाउँठाउँका प्राकृतिक छटालाई भिडियोमा कैद गरेर विश्व बजारमा पठाउन रुचाउने सन्तुले भाईरल कन्टेनलाई पनि नराम्रो मान्दैनन् ।
लाहुरे परिवारमा जन्मे हुर्केका उनी सानै छदा आमाले मौलिक भाकाहरु गाएको याद गर्छन् । आमाकै गायन कलाबाट मौलिकता तर्फ उन्मुख भएको सन्तु बताउछन् ।
स्टेज कार्यक्रमको शिलशिलामा विभिन्न देश पुगेका उनले विदेशमा रहेका नेपालीले मौलिकतालाई दिने मायाले पनि मौलिकपन छोड्न नसक्ने बताए ।