बहसमा राष्ट्रिय झण्डा – एक विवेचना
आश कुमार राई
ग्याल्जेन दोर्जे भन्ने एकजना कलाकारले हालसालै निकालेको एउटा प्रतिकात्मक र्याप गितको म्युजिक भिडियोमा झण्डा ज’लाएको दृश्यसंङ्गै झण्डाको बारेमा पक्ष र विपक्षमा बहस सुरु भएको छ। उक्त दृष्यमा झण्डा ज’लाएको आरोपमा नौ जना कलाकारहरुलाई राज्यले आफ्नो नि’यन्त्रणमा समेत लिईसकेको छ। तर यो झण्डाको बहस नयाँ भने होईन।
नयाँ संबिधान निर्माणको समयमा झण्डा फेर्ने कि नफेर्ने भन्ने बहसले राम्रै स्थान पाए पनि अन्तत नयाँ संबिधानमा पनि उही पुरानो झण्डालाई निरन्तरता दिईयो। यहि झण्डाको बारेमा तयार पारिएको यो आलेख सबैको हकमा ठिक नहुन पनि सक्छ। तर सकारात्मक बहसले सहि ठाँउमा पुर्याउँछ भन्ने कुरामा यो आलेख बिश्वास राख्दछ।
यो झण्डा र अहिलेको राजनितिक व्यवस्था बिच कुनै किसिमको सम्बन्ध छैन। हो यहिँ नीर मुख्य समस्या छ, यतिखेर उत्पादक शक्ति फेरिएको छ। तर उत्पादन सम्बन्ध फेरिएन।व्यवस्था र प्रणाली त फेरियो तर प्रणालिको चरित्र फेरिएन। अथवा पुरानो दर्शन तथा संस्कृति फेरिएन। राजनितिक शत्ता परिवर्तन भयो तर सनातनी सामाजिक सत्ता परिवर्तन भएन। कुनै पनि व्यवस्थाको जग दर्शन नै हो।
(१) सर्बप्रथम राष्ट्रिय झण्डा भनेको के हो ?
राष्ट्रिय झण्डा कुनै पनि राष्ट्र तथा भुगोलको सार्बभौमिकता र अखण्डताको प्रतिक अथवा त्यसको सामाजिक तथा राष्ट्रिय सार हो। कुनैपनी राष्ट्रिय झण्डामा राजनितिक प्रणाली, बिचार, मुल दर्शन, ईतिहास र समाज अभिव्यक्त भएको हुन्छ। यसको मुख्य जग त्यो देशको राजनितिक प्रणाली र राजनितिक दर्शन नै हो। यदि त्यसो हो भने नेपालको राष्ट्रिय झण्डामा अहिलेको राजनितिक प्रणाली र मुल दर्शन, ईतिहास र समाज अभिव्यक्त भएको छ त ? छैन । किनभने नेपाल यतिखेर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राजनितिक व्यवस्था अन्तर्गत छ ।
तर यो झण्डाको निर्माता र प्रयोगकर्ता भने एकात्मक सामन्तबादी राजतन्त्रात्मक ब्याबस्था थियो । त्यसैले यो झण्डा र अहिलेको राजनितिक व्यवस्था बिच कुनै किसिमको सम्बन्ध छैन। हो यहिँ नीर मुख्य समस्या छ, यतिखेर उत्पादक शक्ति फेरिएको छ। तर उत्पादन सम्बन्ध फेरिएन। व्यवस्था र प्रणाली त फेरियो तर प्रणालिको चरित्र फेरिएन। अथवा पुरानो दर्शन तथा संस्कृति फेरिएन। राजनितिक शत्ता परिवर्तन भयो तर सनातनी सामाजिक सत्ता परिवर्तन भएन। कुनै पनि व्यवस्थाको जग दर्शन नै हो। त्यसैले राजा महाराजा र झण्डाको सनातनी धार्मिक दर्शनले अहिलेको गणतान्त्रिक राज्य व्यवस्था पनि चलिरहेकै कारण यसले गति लिईरहेको छैन भन्ने कुरा प्रष्ट हुन्छ।
अर्को कुरो राष्ट्रीय झण्डा त्यस्तो चिज हो जहाँ समाज, राष्ट्र र राष्ट्रियता प्रतिबिम्बित भएको हुनु पर्छ ? निश्चितरुपमा नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक समाज भएको मुलुक हो । तर नेपाली समाजको यो ऐतिहासिकता र विविधता राष्ट्रीय झण्डामा प्रतिबिम्बित भएको पटक्कै देखिँदैन। किनभने राज्य स्वयंको सम्पुर्ण अंङ्गहरुमा अघोषित न’श्लिय सम्रचना छ। जसको एकमात्र मेरुडण्ड एकात्मकबादी सनातनी हि’न्दु संस्कृति र ब्राह्मणबादी दर्शन नै हो।
यसरी राष्ट्रीय झण्डाको जग हिन्दु सनातनी संस्कृति तथा सामन्तबादि राजतन्त्रात्मक व्यवस्था हुनु र बर्तमान संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको जग भने दस बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन हुनु एक अर्कामा बि’रोधाभाषपुर्ण छन् । स्वभाविकरुपले यी दुईले एक अर्कालाई नि’षेध गर्छन् । त्यही पुरानो दर्शन र संस्कृतिले सृजना गरेको विभेदको असन्तुष्टिहरुको अभिव्यक्ति अहिले देखिरहेको हो। र, यस्तै समस्या नआओस भनेर नै नयाँ संविधान निर्माणको समयमा झण्डा फेर्ने बहस भएको थियो ।
(२) राष्ट्रिय झण्डा कसले र कसरी बनाउँछ ?
राष्ट्रिय झण्डा मुलत आ’न्दोलन, राजनितिक बि’द्रोह, बैचारिक बहस अथवा जनमतको बलद्वारा जनताले नै बनाउने हुन् । जनताले तत्कालिन राजनितिक प्रणाली अन्तर्गत बनाएको झण्डा नै पछि गएर संविधान र कानुनको व्याख्या अनुसार राष्ट्रिय झण्डाको रुपमा स्थापित हुने हो । किनभने झण्डा त के सम्पुर्ण राष्ट्रको अस्तित्व नै जनतामा निहित हुन्छ। जनताले नै राष्ट्र बनाउँछन् । राजनितिक प्रणाली बनाउँछन् । झण्डाले जनता र देश बनाउने होईन। त्यसैले झण्डाको पुरानो ऐतिहाँसिकताको व्याख्या गरि त्यसको महत्वको बारेमा बर्तमान अवस्थामा यो ठिक छ भन्नू भन्दा बर्तमान बस्तुगत परिस्थिती र अहिलेको सापेक्षतामा यो कत्तिको ठिक छ, कत्तिको बैज्ञानिक छ भनेर त्यसको मुल्यांकन गरेर हेर्नु बढी बस्तुबादी हुन्छ ।
(३) के राष्ट्रीय झण्डा अपरिवर्तनिय बस्तु नै हो त ?यो अपरिवर्तनिय बस्तु होईन। जसलाई जसले स्थापित गर्दछ उसैले बिस्थापित पनि गर्नु सक्दछ। एउटा राष्ट्रिय झण्डाको आयु कत्ती हो त ? त्यसको आयु त्यतिनै हुन्छ जतिबेलासम्म झण्डा निर्माण गर्ने दर्शन, राजनितिक प्रणाली र उक्त राजनितिक ब्याबस्थाको नया बिकल्प प्राप्त हुदैन । अथवा जतिबेलासम्म जनताका सबै तह तप्कालाई ठिक लाग्छ । त्यसैले राजनितिक दर्शन, राजनितिक व्यवस्था तथा प्रणाली, देशको नक्सा र राष्ट्रिय गित आदि परिबर्तन गर्न मिल्छ भने राष्ट्रिय झण्डा परिबर्तन गर्न नमिल्ने भन्ने प्रश्नै उठ्दैन ?
(४) नेपालको राष्ट्रिय झण्डाको एतिहासिकता के हो ?
नेपालको झण्डाको बारेमा संयुक्त राष्ट्रसंघमा भएको व्याख्या र यो झण्डाको बारेमा जानकारहरुको अनुसार नेपालको राष्ट्रिय झन्डा विलक्षणको छ । यसको कारण हो झण्डाको परम्परागत हि’न्दु रूपरंग । हिन्दुत्वको बारेमा हिन्दु अधिराज्यको प्रतिकको रुपमा झण्डाको प्रष्टसंङ्ग व्याख्या गरिएको पनि छ। जस्तै, सिम्रीक राजतन्त्रबोधक रंग हो । चन्द्रमा चन्द्रवंशी शाह राजतन्त्र र सूर्य सूर्यवंशी क्षेत्री, लिच्छवि-मल्ल शासकहरूको प्रतीक हो। सूर्यवंशी भएकाले लिच्छवि-मल्लकालमा सूर्य माथि र चन्द्रमा तल थियो। तर चन्द्रवंशी पृथ्वीनारायण शाहको पालादेखि चन्द्रमा माथि र सूर्य तल पर्न गयो ।
यहि झण्डासङ्गै राष्ट्रिय जनवार भएर फेरि दोहोरिने सौभाग्य गाईले पाएको छ। साही सेनालाई शिव सेनाबाट नेपाली सेनामा रुपान्तरण हुन यहि झण्डाले रोकेको छ । त्यसैले याहाँ गाईको मासु खानेलाई गोलि ठोकिन्छ, जेलमा सडाईन्छ। मान्छे मार्नेलाई तुरुन्तै छोडिन्छ। कानुनी हिसाबले हेर्दा मान्छे भन्दा गाईको स्थान महत्त्वपूर्ण र माथि छ।
यसमा प्रयोग भएको एउटा त्रिकोणले हिन्दु मान्यताअन्तर्गतको त्रिशक्ति र अर्को त्रिकोणले त्रिगुणको प्रतिनिधित्व गर्छ। तर यस किसिमको व्याख्यालाई बर्तमान संघिय लोकतन्त्रीक गणतत्त्र नेपालको नयाँ सम्बिधानले सिधै खारेज गरिदिएको छ । किनभने संबिधानको प्रस्तावनामा नै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य भनेर लेखिएको छ। त्यसैले यो झण्डाले संघिय लोकतान्त्रिक गणतन्त्रको मर्म भावना र सम्पुर्ण जात, जाती, धर्म, सभ्यता,संस्कृतिलाई समेट्न सक्दैन । किनभने यो एकात्मक हिन्दु संस्कृति तथा सामन्तबादी राजतन्त्रात्मक व्यवस्थाको प्रतिक हो।
(५) यसलाई पुनर्व्याख्या गरि समाबेसी बनाउन सम्भब छ ?
यसबारेमा लेखक तथा चिन्तक भोगिराज चाम्लिङ संबिधान निर्माण कालमा झण्डाको बहस भईरहेको बखत लेखिएको “राष्ट्रिय झण्डाको हिन्दुत्व” शिर्षकको अफ्नो एक लेखमा यसो भन्नू हुन्छ – “यसको ईतिहासको पुनर्ब्याख्या हुन सक्दैन । जब यसलाई राष्ट्रिय झन्डा बनाइन्छ तब त्यो हिन्दूकरणकै निरन्तरता हुन्छ, र त्यो टिप्पणीको विषय बन्छ ।धर्मनिरपेक्षताको मर्मविपरीत हुन जान्छ । अब कुनै पनि रूपमा हिन्दूकरणको पुनर्मुद्रण आवश्यक छैन । यो झन्डाले इतिहासमा आर्जन गरेको यही ‘हिन्दुत्व’का कारण यसले सबै जात, सम्प्रदाय र संस्कृतिलाई सम्बोधन गर्ने सामर्थ्य गुमाई सकेकोछ ।”
६) यो झण्डाको प्रयोग कसले गरिरहेको छ ?
वास्तबमा यो झण्डा जसको हो उसैले नै प्रयोग गरिरहेको छ। अहिले सामन्ती हिन्दु राजतन्त्रको अवशेष प्रतिक्रा’न्तिकारीहरुको भिडमा यो झण्डा बढी देखिन्छ। सामन्ति राजतन्त्र पुनर्स्थापना गर्ने पुर्ब मण्डले र हिन्दु अधिराज्यको माग गर्ने एकात्मक हिन्दु अ’तिवादीहरुको सबैभन्दा ठूलो हतियार पनि यहि झण्डा भएको छ। अर्को कुरो यहि झण्डासङ्गै राष्ट्रिय जनवार भएर फेरि दोहोरिने सौभाग्य गाईले पाएको छ। साही सेनालाई शिव सेनाबाट नेपाली सेनामा रुपान्तरण हुन यहि झण्डाले रोकेको छ । त्यसैले याहाँ गाईको मासु खानेलाई गोलि ठोकिन्छ, जेलमा सडाईन्छ। मान्छे मार्नेलाई तुरुन्तै छोडिन्छ।
प्रश्न उक्त गितका सर्जक ग्याल्जेन तामाङमाथी पनि छ कि न’श्लबादको बिकल्प न’श्लबाद हुन सक्छ ? हुन सक्दैन। र यो पनि सबैले बुझ्नु पर्दछ कि न जनजाती मंङ्गोलहरु बिनाको नेपाल सम्भब छ। न त हिन्दु आर्य ब्राह्मण क्षेत्री बिनाको नेपाल ।
कानुनी हिसाबले हेर्दा मान्छे भन्दा गाईको स्थान महत्त्वपूर्ण र माथि छ।हिँजु हिन्दु राज्यको नाभि सामन्ती राजतन्त्र थियो भने अहिले नेकपा र उसको नेता खड्ग ओलिको सरकार हिन्दु अ’तिवादको नयाँ नाभीको रुपमा स्थापित हुँदै गईरहेको छ। यसले मरिसकेको हिन्दु धार्मिक कानुनहरु ब्युँताउदै गणतान्त्रीक व्यवस्था र धर्मनिरपेक्षताको धज्जी उडाउँदै विभेदयुक्त सनातनी धार्मिक सत्ताको दम्भ देखाई रहेको छ। यस्तो एकल नश्लिय धार्मिक राज्य आतंक चलिरहेको बेला हिँजुका पहिचानबादीहरु यतिबेला कहाँ छन ? किन तिनिहरु केहि बोलिरहेका छैनन ? लेखिरहेका छैनन ?
के अब पहिचान आ’न्दोलनको औचित्य सकिएकै हो त ? प्रश्नहरु उठ्नु स्वभाविक छ जतिको प्रश्न यतिखेर नेपालको राष्ट्रीय झण्डामाथी उठिरहेको छ । र यस्तो प्रश्न पहिलो पटक उठेको पनि हैन । भनिसकिएको छ यस्तो प्रश्न राष्ट्रीय झण्डाको नाममा संविधान निर्माणताकै पनि उठिसकेकै हो । मुख्य प्रश्न झण्डाको हि’न्दु धार्मिक मानक र प्रतीक हुनु माथि छ, जसले सबैमा शासन गर्ने नैतिक र बैधानिक हैसियत राख्दैन। साथसाथै प्रश्न उक्त गितका सर्जक ग्याल्जेन तामाङमाथी पनि छ कि न’श्लबादको बिकल्प न’श्लबाद हुन सक्छ ? हुन सक्दैन। र यो पनि सबैले बुझ्नु पर्दछ कि न जनजाती मंङ्गोलहरु बिनाको नेपाल सम्भब छ। न त हिन्दु आर्य ब्राह्मण क्षेत्री बिनाको नेपाल ।
सबैले सबैको सहअस्तित्व र पहिचानलाई स्विकार गरेर एक आपसमा मिलेर बस्नुमा नै देश र सबै जनताको भलाई छ। र, यो कुरा बेलैमा बुझेर राज्य सत्ताले पनि सबैको मागलाई सम्बोधन गरेर निष्पक्ष व्यवहार गर्न सक्नु पर्दछ। सबैको उचित राजनीतिक मागहरु सम्बोधन गर्नु पर्दछ । किनभने राष्ट्रको सबै कुरा जनतामा निहित हुन्छ। जनताभन्दा माथि संविधान, कानुन, नीति नियम, सरकार र झण्डा केहि पनि छैन। यति कुरा बुझिएन भने यो सत्य हो कि बिद्रोह जनताको अधिकार हो। त्यो बिद्रोह कत्ती हिं’स्रक या शान्तिपुर्ण बनाउने भन्ने कुरा राज्यसत्ताको व्यवहारमा भर पर्दछ। त्यसैले सबै आआफ्नो ठाँउमा जिम्मेवार बन्दै घनिघुत र सभ्य छलफल र बहस गरौं अनि सत्य कुरोलाई सबैले स्विकार गरौं।
अन्त्यमा यस्तै बहस, खासगरी राष्ट्रीय झण्डामाथि यस्तै प्रश्न उठाइएको वरिष्ठ कवि, लेखक तथा चिन्तक भूपाल राईको एक कविता यतिखेर बडो सान्दर्भिक लागिरहेछ । संविधान निर्माणताका देखिएको अखण्ड सुदुर पश्चिमाञ्चलमा भएको प्रतिकान्तिकारी आन्दोलनमा फहराइएको कथित राष्ट्रीय झण्डामाथि उठाउनु भएको उहाको प्रश्न अहिले पनि त्यत्तिकै ज्वलन्त छ । २०७० सालतिर लेखिएको उहाँको त्यही कविताका साथ अब यो बहस यहिँनिर अन्त्य गरौँ ।
झण्डाको विपर्यास यात्रा
त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगिन राजकुमार जस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुवोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा
घुमाउँदै चन्द्र सुर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
काट्दै पहिचानको सयौँ लाख टाउको
किन उत्रीरहेछ धर्मयु’द्दमा
राष्ट्रीय झण्डा ?
कहाँ पुग्ला यो
यसरी मान्छेको स्वायत्त हावामा
काटेर मान्छेकै पखेटा ?
कहाँ पुग्ला
दस लाख दुवोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालिन तरवार ?
कहाँ पुग्ला
साढे सत्र लाख कमैया ढाडमाथि
उभिएर अखण्ड अञ्चल ?
र कहाँ पुग्ला
तराईको तलुवामाथि
टेकेर पहाडको बुटजुत्ता ?
मध्ययुगिन राजकुमार जस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रीय झण्डा ?
झोसेर वंशज-आगोको वृक्ष
नानिहरुको खाली दिमागमा
जो हुर्किरहेछ हरेक पुस्ता
नानिहरुकै गिदि चाटेर
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानिहरुको माटोमा ?
कहाँ छ सुर्यवंशको ईतिहास
तिनिहरुको माटोको किताबमा
र किन उत्रीन्छ
फेरि तिनिहरुकै बि’रुद्द
वंशावली लेखिएको
एक मिटर रङ्गिन कपडा ?
के त्यही हो राष्ट्रीय झण्डा ?
अखण्डताको हावा हम्किदै
जो उभिन्छ
पर…पर कुनै रातो चिज
र फहराउँछ
नानिहरुकै पहिचान वि’रुद्द
के त्यही हो राष्ट्रीय झण्डा ?
ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड अञ्चलाधिसहरु
ठिक उल्टो यात्रामा छ
यतिखेर राष्ट्रीय झण्डा
जो क्रमश फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतिततिर
कृपया, रोक त्यहिँनिर झण्डालाई
र आशिन गराऊ
त्यही सनातन गद्दिमा
नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
`मान्छे र झण्डा´
र उठ्नेछन केही स्वभाबिक प्रश्नहरु –
`कि रोकेर त्यही बिन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सक्दैन राष्ट्रीय झण्डाजस्तो
राष्ट्रीय झण्डा ?
किन बिचाराधिन छ
यतिखेर राष्ट्रीय झण्डा ?
(साभार: आगोले जन्मोत्सव मनाउदैन)