म सधै स्टेज र दर्शक अनी आफ्नो परीवार मिस गर्छु, गायक तथा संगीतकार भूवन सुप्तिहाङ राई ।
केहि बर्ष देखी अमेरीकामा बसोबास गरी रहनु भएका गायक तथा संगीतकार भूवन सुप्तिहाङ राई संग हाम्रो आवाजको लागी गौतम सागर राईले गर्नु भएको छोटो कुराकानी ।
(१) तपाई लाई स्वागत छ !
✍️धन्यवाद हजुर
(२)अमेरिका को बसाई कस्तो छ?
✍️सामान्य तय ठिकै नै छ काम गर्यो बस्यो यस्तै हो अलीक ब्यास्तता जिबन हुन्छ यहाँ तैपनी समय मिलाएर गर्नु पर्ने हुन्छ जिबन साह्रै छ आफ्नो देश मा भए जस्तो हुन रहेछ ।
(३) बिदेश मा बसेर नेपाली गित संगित लाई हेर्दा कस्तो देख्नु हुन्छ?
यहाँ बाट चै नेपाली गित संगीत प्रस्ट देखीने रहेछ हाम्रो आफ्नो मौलिक सिर्जना को कमी देख्छु अहिले सोसियल प्लेटफम हरुले गर्दा सबै भाईरल र ट्रेनडिङ को पछी परेका छन यस्ले गर्दा छिटो छिटो सबै लाई भाईरल हुन मन छ यो होड बाजी ले जत्ती राम्रो हुनु पर्ने त्यो कमी भै रहेको देखीन्छ हुनत नेपाली गित संगीतको बजार पहिले भन्दा आहिले ब्याबसायिक रुपमा अगाडी बडीरहेको छ तथापि हामी ले दिने सिर्जना हरुमा अली कम्जोर हुदै छ जस्तो लाग्छ हामी मात्र भाईरल र ट्रेडिंग को पछी दौडी रहेको देख्छु ।
(४)लामो समय नेपाल मा गित संगित मा रहनु भयो अहिले बिदेश मा बसेर के कुरा चही मिस गर्नु हुन्छ?
✍️म सधै स्टेज र दर्शक अनी आफ्नो परीवार मिस गर्छु ।
(५)अहिले हाम्रो नेपाली गित संगित को अवस्था कस्तो देख्नु हुन्छ ?
✍️अहिले टेक्नोलॉजी को कारण धेरै नै सहज रहेपनी जुन किसीमको लगानी गरे अनुसार अझ राम्रो हुन सकि रहेको छैन अहिले साधना र लगनशिलता कमी देख्छु पैसा नै हो सब थोक भन्ने समुह को बर्चसो देख्छु साधना मेहनत बिना लामो बाँटो तय हुनै सकिदैन यो कमी छ अहिले त्यसैले प्रबिधी संग मात्र भर परि रहेको देख्छु मेहनत लगनशिलता त्यस कारण नेपाली गित संगीत जत्ती अगाडी बड्नु पर्ने हो बड़ी रहेको पाउदिन म नेपाली गीत संगीत धमिलो देख्छु ।
(६)एउटा सर्जक लाई बिदेश मा बसेर सिर्जना गर्नु र देश मा बसेर सिर्जना गर्नु के फरक छ ?
✍️बिदेश मा साह्रै ब्यस्त भैईन छ आफ्नो देश मा भए जस्तो हु्नत यो समय भनेको गुगोलको हो जहाँ बाट पनी काम गर्न सकिन्छ तथापी आफ्नो देश भनेको र आफ्नो देश मा बसेर सिर्जना गर्नु को मजा नै अर्कै छ ।
(७) समय को लागी धन्यवाद!
✍️हजुर लाई पनी धेरै धेरै धन्यवाद छ यो सम्झना र यो मौका अवसर को लागी !