बिहीबारबाट हेटौंडा अस्पतालको जनरल आईसियू बाहेक सबै सेवा सुचारु

मकवानपुर । बिहीबारबाट हेटौंडा अस्पतालको जनरल आईसियू बाहेक सबै सेवा सुचारु हुने भएको छ ।

कोरोना संक्रमण जोखिमको कारण हेटौंडा अस्पतालले दुई महिनादेखि आशिंक रुपमा संचालन गर्दै आएको ओपिडी सेवा यहि असार २४ गते बिहीबारबाट पूर्ण रुपमा संचालन हुने भएको हो ।

मंगलबार अस्पताल प्रशासनले एक सूचना जारी गर्दै असार २४ गते बिहीबार देखि जनरल आईसियू बाहेक अन्य सबै सेवा सुचारु हुने जनाएको छ ।