
हाम्रोआवाज न्युजडतकम- आज किरात एकेडेमीले आफ्नो तेस्रो सृङखलाको पुरस्कार बितरण कारेक्रम एकेडेमिका अध्यक्ष, आजको पुरस्कार साथै सम्मान कारेक्रमका अध्यक्ष भुपालराईको अध्यक्षता तथा प्रमुख अतिथी प्रा.डा अभि सुबेदिको प्रमुख उपस्थितिमा सम्पन्न गरेको छ।
राजकुमार दिक्पालको “आदिबासी बिद्रोहको ईतिहाँस” र बिप्लभ ढकालको “भोजपुरको बाङमय” कृति आज संयुक्त रुपमा पुरस्कृत भएका हुन। पुरस्कृतहुने बिप्लप ढकाल र बिदेशमा रहँदै आएका अर्का आजका पुरस्कृत ब्याक्ति राजकुमार दिक्पालको प्रतिनिधिलाई उक्त कारेक्रमको प्रमुख अतिथी अभि सुबेदिले संयुक्त रुपमा नगद रु ५० हजार रासिको पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन। यस बर्ष देखि किरात एकेडेमिले एकजना ब्याक्तिलाई सम्मान गर्ने कारेक्रम अनुसार मुन्धुमको खोज अनुसन्धन तथा किराती ईतिहाँसलाई पुनर्लेखन गर्ने काम गरिरहेका लेखक तथा अध्येता भोगिराज चाम्लिङलाई प्रमुख अतिथि सुबेदिले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
प्रदेश नं १ उदयपुरको नेकपा माओबादिको तर्फबाट संघिय संसद सुरेश कुमार राई “हिमाल” तथा अर्का झापाका संघिय संसद सुरेन्द्र कार्किको बिशेष अतिथी रहेको उक्त कारेक्रमलाई एकेडेमिका उपाध्यक्ष प्रा.डा धनप्रशाद सुबेदिले स्वागत मन्तब्य मार्फत सबै अतिथिहरुलाई स्वागत गरेका थिए। उक्त कारेक्रममा बोल्दै मानिय सुरेश कुमार राई “हिमालले किरात एकेडमीको अक्षयकोषको लागि रु १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे। लगत्तै उक्त कारेक्रममा अक्षयकोष निर्माणकै लागि भोजपुरको संघिय संसद सुदन किरातिले पनि एकेडमीको अध्यक्ष मार्फत रु १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा भएको थियो।
एकेडेमीको महासचिब चेतनाथ धमलाले संचालन गरेको सो कारेक्रममा माननीय सुरेन्द्र कार्की, पहिलो पटक पुरस्कृत लेखक युग पाठक, सम्मानित भएका लेखक भोगिराज चाम्लिङ, पुरस्कार प्रदान गरिएको ब्याक्ती बिप्लभ ढकाल, सुमित्रा बाङदेल (चेली) लगायतका बक्ताहरुले बोलेका थिए। उक्त कारेक्रम तथा एकेडेमिका अध्यक्ष, भुपालराईले आउने बर्षहरुमा पनि बिशेष गरेर अग्रगामी बिचार तथा सामाजिक न्यायमा आधारित बैचारिक पक्षका सृजना र श्रष्ठा साथै नयाँ खोज र अनुसन्धान गर्ने श्रष्ठाहरुलाई पुरस्कार तथा सम्मान गर्ने कारेक्रमलाई एकेडेमीले निरन्तरता दिने कुरा राख्दै कारेक्रम समपन भएको थियो।