
✍️हाम्रो आवाज न्यूज । अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरको टेबलमेसा किङसुपर्स मार्केटमा आज दिउसो २:३० बजे तिर हतियारधारी एक ब्यात्तिले गोली चलाउदा एक प्रहरी अधिकृत सहित १० जनाको मृत्यु भएकोछ ।
घायते अवस्थामा एक जना हतियारधारी लाई प्रहरिले नियन्त्रणमा लिएकोछ । घटना किन र के उद्देश्यले घटाइएको हो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरी अधिकृत हरुले बताएका छन साथै यो दुखद घटनाको जान्कारी अमेरेकी राष्ट्र्पती जो वाडेनलाई पनि गराइ सकिएकोछ । कोलोराडोको बोल्डर शहर संबेदनशील ठाउँ हो यस घटनाले यहाँ बस्ने मान्छेहरु त्रसित बनेका छन ।