
पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।
लोकन्थलीस्थित बाँस्कोटाको घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा विष्फोट भएको प्रहरीले जनाएको छ।
उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ ।
प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।